Shikhar Insurance

समता घरेलु लघुवित्तले घोषणा गर्याे १८ प्रतिशत लाभांश, नगद र बोनस कति?

सिंहदरबार संवाददाता
२०७९ माघ २२, आईतवार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १८ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको माघ २० गते शुक्रबार बसेको संचालक समितिको १३८औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank

लघुवित्तले हाल कायम चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँको १८ प्रतिशतका दरले हुन आउने ६करोड १६ लाख ९३ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तले घोषणा गरेको कुल लाभांश मध्ये १५ प्रतिशतका दरले हुन आउने ५ करोड १४ लाख ११ हजार रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने ३ प्रतिशत (कर प्रयोजनसहित)का दरले हुन आउने १ करोड २ लाख ८२ हजार नगद लाभांश रहेको छ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्