Shikhar Insurance

पुँजी बजार बिरोधी स्वार्थ समुह रमेश हमाल विरुद्ध खनियो, लगानीकर्ताले प्रतिरोध गरौंः रौनियार

सिंहदरबार संवाददाता
२०७९ माघ २२, आईतवार ११:१०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले पुँजी बजारको विकास बिरोधी स्वार्थ समुह धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल विरुद्ध खनिएको आरोप लगाएका छन् ।
अध्यक्ष हमालले सेयर बजारको सुधारका लागि यथेष्ठ कामहरु गरेकाले बजार बिरोधीहरुले घेराबन्दी गरेको आरोप उनले लगाएका हुन् ।

पुँजी बजारका ठूला लगानीकर्तामध्ये एकमा गनिने रौनियारले सबै लगानीकर्ताहरु मिलेर हमाल विरुद्ध भैरहेको गलत प्रचारको प्रतिरोध गर्नुपर्ने धारणा राखेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

रौनियारको धारणा:

पुँजी बजारको विकास एवं विस्तारको मुलमन्त्रलाई आत्मसात् गर्दै धितोपत्र वोर्ड र यसको नेतृत्व गरि राख्नु भएको रमेश कुमार हमालज्यु लाई केहि निहित स्वार्थ समुह र उसले प्रयोग गर्ने माध्यमहरूले वर्तमान नेतृत्वलाई चोट पुर्याउने र समग्र वोर्डको कार्यमा समेत प्रश्नचिन्ह उठ्नेगरी विना प्रमाण औंला उठ्याउने कार्य भईरहेको देखिएको छ ।

राम्रो कार्य आत्मसात गर्न नसक्ने र विभिन्न लांच्छना लगाएर वाधा अड्चन खडा गर्ने समुह र गिरोहको हामि खुलेर घोरभर्त्सना गर्दै हामी सबै लगानीकर्ता साथीहरु एक जुट भएर विरोध गर्नु पर्दछ।

देहाय वमोजिमका नेपाल धितोपत्र वोर्ड र वर्तमान नेतृत्वले गरेको प्रशंसनीय कार्यहरू तपाई हामि बिच लुकेको छैन ।

१. IPO Share application  गर्दा लाग्ने शुल्कमा न्युनिकरण गरी रु। ५० बाट रु। ५ सम्म घटाएको छ ।

२.Merger र Acquisition को नाममा बर्षौ Freeze भई कारोवारमा हुने समस्यालाई मध्यनजर गर्दै यो परम्परालाई तोडेर, लगानीकर्ताहरुको अर्बौको लगानी १५ दिन भित्र फुकुवा हुने ब्यवस्था गर्नु गरिएको छ ।

३. कुनै पनि कम्पनीको मर्जर र एक्युजिशन प्रक्रियाको फाईल ३ दिन भित्र Approve वा कारण सहित रिजेक्ट गर्ने प्रक्रियामा धितोपत्र बोर्डमा पुगिसकेको छ ।

४. खुल्ला प्रतिस्पर्धामा नयाँ स्टक एक्स्चेन्ज (NEW STOCK EXCHANGE), कमोडिटी एक्स्चेन्ज (COMMODITY EXCHANGE) र ब्रोकरको (NEW BROKER LICENSE)  लागी आवेदन माग गर्नुका साथै सम्पुर्ण प्रक्रिया अगाडि बढाईसकेको छ। निकट भविष्यमै यो कार्य सम्पन्न भएपछि नेपालको पूंजीबजारमा क्रान्तिकारी परिवर्तन हुनेछ ।

५् नेप्सेमा एउटै कम्पनी YCO ले NOTS System र ब्रोकरको TMS पनि चलाएको अवस्थाले Data Privacy को कुरामा शंका पैदा गरिरहेको थियो, यो समस्याको समाधानको समेत कार्यहरू अगाडि बढाईएको छ साथै Sebon र Nepse ले API को नियमावली पास गरिसकेको अवस्थामा अब निकट भबिस्यमा ब्रोकर साथीहरूले आ-आफ्नै अन्तर्राष्ट्रिय  Standard को TMS  चलाउने र हामी लगानीकर्ताहरुलाई नयाँ सेवा दिने ढोका खुलेको छ।

६. ईन्साईडर-ट्रेड गर्नेलाई कारबाही गर्ने शुरूवात सेबोनबाट शुरू भैसकेकोले नेपालको पुँजी बजारको धमिराहरू विस्तारै निरुत्साहित हुँदै गएका छन ।

७. नेप्सेको ट्रेडिङ समयमा सूचना चुहाउने कम्पनीलाई कारवाही सुरु भैसकेको छ।

८. सम्माननीय प्रधानमन्त्री , अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरज्यु बाट पूंजीबजार बिकास मैत्री कार्यहरू गर्ने थालनी भैसकेको कुरा सर्व बिधित नै छ।

९. सेबोन र नेप्सेले पूंजीबजारको बिकासको लागी SME Platform  को कार्य अगाडि बढाईसकेको छ।

१०. ब्रोकर साथीहरूलाई देशभर शाखाहरु खोल्न १५ दिनभित्र सिफारिस दिने वा लिखित रूपमा कारण सहित किन दिन नसकिने भनेर जानकारी दिने ब्यवस्थाको पहल भैसकेको छ र निकट भविष्यमै कार्यान्वयनको चरणमा छ । सके सहयोग गरौं नसके घृणित कार्य बन्द गरौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्