Shikhar Insurance

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आज बिक्रि हुँदैछ विकास ऋणपत्र ‘घ’

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार १०:०८
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आज बजारबाट १० अर्ब आन्तरिक ऋण उठाउन लागेको छ । नेपाल राष्ट्र बैंकका बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् । प्रतिष्पर्धी र अप्रतिष्पर्धी दुबै विधिमा आवेदन दिन सकिने छ तर ब्याजदर भने कट आफ रेटका आधारमा निर्धारण हुनेछ ।

राष्ट्र बैंकले ऋणपत्र प्रतिस्पर्धीलाइ ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाइ १५ प्रतिशतले हुने १ अर्ब ५० करोड दिने बताएको छ । संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले लगानी गर्न सक्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि सरकारले निष्काशन गरेको १० अर्ब रुपैयाँको ६ वर्षे विकास ऋणपत्रको कट अफ रेट ३.९० प्रतिशत थियो । सरकारले गत बैंशाखमा निष्काशन गरेको विकास ऋणपत्रको कट अफ रेट ६.४८ प्रतिशत थियो भने असोजमा निष्काशन भएको विकास ऋणपत्रको कट अफ रेट ४ प्रतिशतमा झरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्