Shikhar Insurance

प्राइम कमर्सियल बैंकको ३ अर्ब ५० करोडको ऋणपत्र फागुन १९ देखि, ब्याजदर कति ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार १०:२०
NIMB
Nabil Bank

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋण पत्र फागुन १९ गतेदेखि निष्काशन गर्ने भएको छ । प्रति कित्ता एक हजार दरका ऋण पत्रमा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।

बैंकले दीर्घकालीन स्रोत परिचालनका लागि ८.७५ प्रतिशत ब्याजदरमा ८ वर्षे ऋणपत्र निष्काशन गर्न लागेको हा । बैंकले कुल निष्काशनमध्ये ४० प्रतिशत अर्थात १४ लाख कित्ता सर्वसाधारणका लागि र ६० प्रतिशत अर्थात २१ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमा ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषको हिस्सा रहनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड तोकिएको छ । फागुन १९ गते निष्काशन भएर छिटोमा फागुन २३ गतेसम्म र ढिलोमा चैत्र ४ गतेसम्म आवेदन खुला रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्