Shikhar Insurance

कर्जा लगानी बढाउँदै बाणिज्य बैंकहरु, २० अर्ब निक्षेप उठाएर ९९ अर्ब ऋण

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार ११:११
NIMB
Nabil Bank

काठमाडौं । माघ २ गते २७ बाणिज्य बैंकहरुको निक्षेप ३७ खर्ब ७९ अर्ब थियो । फागुन ७ गते आईपुग्दा त्यस्तो निक्षेप ३७ खर्ब ९९ अर्ब भयो अर्थात जम्मा २० अर्बले बढ्यो ।

तर तिनै बैंकहरुले कर्जा भने ९९ अर्बले विस्तार गरेका छन् । माघ २ गते बाणिज्य बैंकहरुको कुल कर्जा ३२ खर्ब ३६ अर्ब रुपैयाँ थियो । फागुन ७ गते पुग्दा त्यस्तो कर्जा ९९ अर्बले बढेर ३३ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले कर्जा लगानीमा आक्रामकता देखाईरहेका छन् । बजारमा अधिक तरलता भएकाले ब्याजदर घटिरहेको थियो । नेपाल राष्ट्र बैंकले पनि ब्याजदर घटाउने उपायहरु निरन्तर अबलम्बन गर्दै आएको थियो ।

पछिल्लो एक हप्ताकै तथ्यांक हेर्दा पनि बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप जम्मा १३ अर्बले मात्रै बढेको छ । माघ ३० गते बाणिज्य बैंकहरुको कुल निक्षेप ३७ खर्ब ८६ अर्ब थियो भने फागुन ७ गते ३७ खर्ब ९९ अर्ब पुग्यो ।

उता, कर्जा भने सोही अवधीमा १८ अर्बले बढेको देखिन्छ । माघ ३० गतेसम्म बाणिज्य बैंकहरुले ३३ खर्ब १७ अर्ब कर्जा लगानी गरेका थिए । फागुन ७ मा त्यस्तो लगानी ३३ खर्ब ३५ अर्ब पुग्यो ।

GBIME

प्रतिक्रिया दिनुहोस्