Shikhar Insurance

बजारको उतारचढाव नियमित प्रक्रिया हो, आत्तिनु पर्दैनः पौडेल

अम्बिका प्रसाद पौडेल
२०७७ फाल्गुन ११, मंगलवार १२:२९
NIMB
Nabil Bank

सेयर बजार पाँच दिनसम्म लगातार बढेको थियो । दिन दिनै पानी पर्यो भने खेतिपाती लगाउन मिल्दैन् भने जस्तै हो अहिलेको करेक्सन पनि ।

दिन दिनै पानी पर्नु पनि भएन, घाम मात्रै लागिरहनु पनि भएन् । कहिले पानी कहिले घाम भयो भने मात्रै बालीनाली राम्रोसँग सप्रन्छन् । अहिले पनि सेयर बजारमा भएको त्यहि नै हो । बजार लगातार पाँच दिन बढेको थियो । अहिले घटिरहेको छ । यो नियमित चक्र हो, प्रक्रिया हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले पानी पर्न रोकिएको छ, अर्थात यो यो खेतिपाती लगाउने बेला हो । पुँजी बजार सिधा रेखा वा सगरमाथा चढे जस्तो पनि होइन् । हिमाल चढ्ने आरोही जस्तै माथि जाने, फेरि तल आएर आफुलाई अभ्यस्त बनाउने हो ।

१४/१५ सयको इण्डेक्स लगातार एक हजार अंकले बढेको थियो । अब केहि आराम खोजेको मात्रै हो । तरलता र ब्याजदरसँग बजार घट्नुको कुनै सम्बन्ध छैन् । मेरो विचारमा यो बाली लगाउने अर्थात सेयर किन्ने समय हो । लगानीकर्ताहरुले आत्तिनु पर्दैन् ।

(नेपाल उद्योग बाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति समेत रहेका लगानीकर्ता अम्बिका प्रसाद पौडेलसँग गरिएको कुराकानी)

GBIME

प्रतिक्रिया दिनुहोस्