Shikhar Insurance

नयाँ रिइन्स्योरेन्स कम्पनी ल्याउने प्रक्रिया अन्तिम चरणमा, अधिकृत पुँजी २० अर्ब

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार १३:०७
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा नयाँ पुनर्बीमा कम्पनी ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रस्तावित काठमाडौं रिइन्स्योरेन्स कम्पनीको तयारी अन्तिम चरणमा पुगेको हो ।

कम्पनीले प्रारम्भिक सहमतिका लागि बीमा समितिमा दर्ता गर्ने गरी अन्तिम तयारी गरेको जनाएको छ । ‘काठमाडौं रि’ पनि भनेर चिनिने कम्पनीको अधिकृत पुँजी २० अर्बको हुनेछ । जारी पुँजी १० अर्बको हुने काठमाडौं रिको तत्काल चुक्तापुँजी ७ अर्बको हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीमा ७० प्रतिशत संस्थापक र बाँकी ३० प्रतिशत सर्वसाधारणको ३० प्रतिशत सेयर हुनेछ । ७० प्रतिशत संस्थापकमध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बीमा वा पुनर्बीमा कम्पनीलाई दिनेगरी पत्राचार भइसकेको छ । काठमाडौं रिमा २ जना संस्थागत, २ व्यक्तिगतसहित २ सर्वसाधारण र १ जना स्वतन्त्र सञ्चालक हुनेछन् ।

काठमाडौं रिका प्रारम्भिक योजनाकार तथा संस्थापक देवेन्द्रप्रताव शाह, महेश गुरागाईं, रमेश कुमार भट्टराई र श्रीचन्द्र भट्ट हुन् । शाह बीमा समितिका पूर्व अध्यक्ष, कृषि विकास बैंक र नेपाल बैंकका पूर्व सिईओ हुन् । महेश गुरागाईँ भने नेपाल रिका पुर्व अध्यक्ष हुन् । रमेश कुमार भट्राई नेपाल लाइफ हुँदै एसियन लाइफ, महालक्ष्मी विकास बैंकका पूर्व सिईओ हुन र हाल महालक्ष्मी लाइफको सिईओ छन् । आइएमई लाइफका पूर्व सिईओ रहिसकेका श्रीचन्द्र भट्ट हाल ज्योति विकास बैंकको सिइओ छन् ।

हालसम्म अन्नपूर्ण, जेनुईन र प्रुडेन्सीयल रि इन्स्योरेन्स कम्पनी पनि लाइसेन्सका लागि प्रक्रिया थालेका छन् । हाल सञ्चालनमा रहेको नेपाल रिलाई सरकारले २० प्रतिशत बजार सुनिश्चित गरिदिएको छ । अर्थात सबै नेपाली बीमा कम्पनीहरुले २० प्रतिशत पुनर्बीमा नेपाल रिमै गर्नुपर्ने व्यवस्था गरिदिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्