Shikhar Insurance

संकटकालको हल्लाले सेयर बजारमा भारी गिरावट, ठूला लगानीकर्ता सेयर बेच्ने मुडमा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार १५:४१
NIMB
Nabil Bank

काठमाडौं । आइतबारबाट बढ्न थालेको सेलिङ प्रेसर कायम रहँदा मंगलबार सेयर बजार परिसूचक नेप्से घटेको छ । सेयर बजारमा नाफा बुक गर्नेहरु आज पनि सक्रिय भएपछि बजार भारी अंकले घटेको हो ।

अब देश कता जान्छ भन्ने त्रास उत्पन्न हुँदा ठूला तथा राजषी लगानीकर्ताको मनोवल गिराएको जानकार बताउँछन् । लगानीकर्ता अत्तालिएर सेलिङ प्रेसर बढाउँदा मंगलबार नेप्से घटेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर बजारमा आएको उतारचढाव यो हप्ता संसद पुस्र्थापना हुने वा नहुने भन्ने अन्योलले भएको हो । संसद पुस्र्थापना भयो भने संकटकाल लगाउने र सत्तारुढ पक्ष आन्दोलनमा जाने हल्ला छ । पुनस्र्थापना नहुँदा सडकमा आन्दोलन पनि चर्किने बताइएको छ ।

जंगी अड्डामा बैठक बसेको, प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक डाकेका कुरादे पनि सेयर बजारलाई आतंकीत बनाएको छ । यही अवधिमा प्रधानसेनापतिले प्रधान न्यायाधिशलाई भेटेका थिए ।

मंगलबार बजार परिसूचक नेप्से ८७ अंकसम्मले घटेकामा अन्तिम समयसम्ममा त्यस्तो गिरावट २१ अंकमा सिमित भएको छ । योसँगै बजार परिसूचक नेप्से २६८६.५१ अंकमा आइपुगेको छ ।

कारोबार खुलेको पहिलो मिनेटमा ५ अंकले सुधारिएको नेप्से त्यसपछि तीब्र गतिमा ओरालो लाग्दा ८४ अंकले तल झरेको थियो । बजार घट्दा सेयर मूल्य सस्तो भएपछि अचानक खरिद चाप आउँदा पटकपटक बजारमा तीब्र उतारचढाव आएको थियो ।

आज पछिल्लो समय सर्वाधिक कारोबार हुने गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा लगानीकर्ता झुक्किएका छन् । निफ्राको सेयर एकैदिन १ सय ३२ रुपैयाँको अन्तरमा कारोबार भएको छ । यसक्रममा सोमबारको अन्तिम मूल्य ६ सय ६० रुपैयाँमा १० प्रतिशतको वृद्धि सहित ७ सय २६ रुपैयाँसम्ममा किनेबेच भएको निफ्राको सेयर मूल्य अधिक बिक्री चापका कारण १० प्रतिशतले घटेर ९ सय ९४ रुपैयाँ प्रतिकित्तामा किनबेच भएको छ ।

यसक्रममा कम्पनीको १० लाख ८१ हजार कित्ता ७३ करोड ९४ लाख रुपैयाँमा किनबेच भए । यीमध्ये पहिलो ४ लाख कित्ता सेयर प्रतिकित्ता ७ सय २६ रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार नेप्से घट्दा २ सय ५ कम्पनीका १ करोड ७७ लाख कित्ता सेयर ८ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भए ।

GBIME

प्रतिक्रिया दिनुहोस्