Shikhar Insurance

घरबाटै वृद्ध दम्पती बेपत्ता : छानबिन माग गर्दै जनकपुर-जलेश्वर सडक अवरुद्ध

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार १८:१७
NIMB
Nabil Bank

 

जनकपुर–जलेश्वर राजमार्गको पिपरामा स्थानीयवासीले सडकमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । महोत्तरीको पिपरा-५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले आज यातायात अवरुद्ध गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने मागसहित उनीहरूले जलेश्वर-जनकपुर राजमार्ग यातायात सञ्चालन ठप्प पारेका छन् । पिपरा गाउँपालिका-५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार दुवै छुट्टाछुट्टै कोठामा सुतेका थिए । आज बिहानदेखि दुवै घरमा भेटिएका छैनन् । यी वृद्ध दम्पतीसँगै घरमा उनीहरुको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखा परेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्