Shikhar Insurance

साढे २ अर्बको बीमा व्यवसायमा त्रिपक्षिय भिडन्त, के भन्छ बीमा प्राधिकरण

सिंहदरबार संवाददाता
२०७९ माघ २९, आईतवार १३:३९
NIMB
Nabil Bank

काठमाडौं । साढे दुई अर्बको बीमा व्यवासयमा त्रिपक्षिय भिडन्त भैरहेको छ । आतंकवाद जोखिम समुह(आरएसएमडीएटी)को साढे २ अर्ब बीमा प्रिमियममा तीन पक्षबीच रोचक प्रतिष्पर्धा देखिएको हो ।
नेपालले माओेवादी द्धन्द्धका बेला आरम्भ गरेको आतंकवाद जोखिम समुहको यो बीमा व्यवसायमा आफ्नो हिस्सा बढाउन बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिबीच कडा प्रतिष्पर्धा देखिन्छ । हालसम्म पुल मार्फत सञ्चालन भैरहेको यो व्यवसायलाई सर्वाधिक सुरक्षित र सहजै नाफा हुने व्यवसायका रुपमा लिइन्छ ।

नेपाल बीमा प्राधिकरणले लय गुमाउँदा २ अर्ब ५० करोडको यो व्यवसाय यतिबेला गिजोलिएको मात्रै छैन्, यसको ठूलो हिस्सा नविकरण हुन समेत सकिरहेको छैन् । पुल मार्फत सञ्चालन भैरहेको आतंकवाद जोखिम समुहको यो बीमा व्यवसायको बाडफाँट नयाँ ढंगले गरिएको थियो । जस अनुसार प्रत्येक बीमा कम्पनीले ३ करोड रुपैयाँसम्मको प्रिमियम आफैं राख्न पाउने, त्यस बाहेकको प्रिमियमको ६० प्रतिशत हिस्सा नेपाल रि र ४० प्रतिशत हिस्सा हिमालयन रिलाई दिनुपर्ने बीमा प्राधिकरणको निर्देशन छ ।

Citizen Life
Kumar Bank

उता, नेपाल रिले भने सो भन्दा अघि नै बीमा प्राधिकरणले तोके अनुसार आतंकवाद जोखिम समुहको कुल बीमा शुल्क मध्ये ८० प्रतिशत हिस्सा आफुले पाउनुपर्ने अडानसहित बीमक संघलाई पत्र पठाएको छ ।
अर्काेतिर नेपाल बीमा प्राधिकरणले २०७९ साउन ४ गतेदेखि लागु हुने गरि आतंकवाद जोखिम समुहको बीमा सम्झौता सात दिन भित्र गरिसक्नु भन्दै पुस ११ गते नै बीमक संघलाई निर्देशनात्मक पत्र पठाएको थियो । तर नेपाल रिले आफुले यस अघि पाउँदै आएको ८० प्रतिशत हिस्सा नै पाउनुपर्ने भन्दै बीमा सम्झौता गर्न अस्विकार गर्दै आएको छ ।

यो बीमा व्यवसायको बजार हिस्सा बाडफाँट सम्बन्धी विवाद अर्थमन्त्रालयसम्म पुगिसकेको छ । नेपाल रिका सिईओ शंकर रायमाझीले कानुनले दिएको अधिकार क्षेत्रभित्रको बीमा व्यवसाय प्राप्तिका लागि आफुले पहल गरिरहेको बताएका छन् । बीमक संघका महासचिव अशोक खड्काले बीमा प्राधिकरणले तोकिदिएको सिमा भित्र रहेर आफुहरु बीमा सम्झौता गर्न तयार रहेको बताउँछन् ।

अब समस्या छैन्ः प्राधिकरण अध्यक्ष सिलवाल
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले आतंकवाद जोखिम समुहको बीमा व्यवसायको बाडफाँटमा कुनै समस्या नरहेको र क्रमशः समाधान हुँदै गएको बताए । ‘त्यसमा केहि कन्फ्युजन थियो, हामीले निरन्तर छलफल गरेपछि अब थोरै मात्रै सम्झौता हुन बाँकी छ, अधिकांशको सम्झौता भैसक्यो’,अध्यक्ष सिलवालले भने ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्