Shikhar Insurance

क्यानडाको भिसा त्यागेर भैँसीपालनमा हिक्मत, वार्षिक साढे ८ करोड आम्दानी

सिंहदरबार संवाददाता
२०७९ माघ २९, आईतवार १५:०५
NIMB
Nabil Bank

सहजपुर । क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैँसीपालनमा रमाइरहेका छन् । उनले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् ।

साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गरेका गोदावरी नगरपालिका– २ अत्तरियाका हिक्मत कठायतले विदेशमा छँदा मासिक ३ लाख रुपैयाँ आम्दानी गथ्र्याे ।

Citizen Life
Kumar Bank
Nepal Life

पुर्ख्यौली घर बझाङको छविस पाथिभेरा(२ भएका उनले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस जानु भएका थिए । साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उनी वैदेशिक रोजगारीमा गएका थिए ।

सुरुवातमा काम गर्न दुबई पुुगेका उनी दुबईमा मासिक १ हजार ६ सय डलरमा काम सुरु गरे। करिब १४ महिना दुबईमा काम गरेका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उनी कुवेतमा मासिक २ लाख ९० हजार रुपैयाँको जागिर गर्न थाले ।

“व्यक्तिगत खर्च कटाएर मासिक २ लाख ९० हजार रुपैयाँ घर पठाउथे”, उनले भने, “त्यहाँ मैले ४ वर्ष ८ महिना काम गरेँ ।” त्यसपछि बिदामा घर आएका उनी विदेश फर्किएन ।

बिदामा घर आएका उनले कुबेतको जागिर छाडेर सुरुमा कुखुरापालन सुरु गरे । कुखुरापालनबाट सुरुवाती चरणमा राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोर्नु पर्याे।

“सुरुवाती चरणमा करिब ४ लाख जति कमाएँ”, उनले भने, “पछि बजारको सिन्डिकेटका कारण घाटा बेहोरे ।” उनले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद र ६ तोला सुन पनि सकाए । कुखुरापालनबाट लाखौ डुबेपछि हरेश खाएका हिक्मतले फेरि विदेश जाने सोच बताए । क्यानडाको भिसा लगाएर जाने तयारी गरेका उनले साथीको सल्लाहका कारण क्यानडा गएनन् ।

“कुखुरापालनबाट लाखौ गुमाउँदा भएको तनावपछि विदेश जाने भनेर क्यानडाको भिसा लगाए, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिए साथीको सल्लाहले फेरि रोकिए”, उनले भने । “साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसीपाल्न सुरु गरेको हुँ । अहिले भैँसीपालनबाट राम्रो आम्दानी भइरहेको छ ।” कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उनले हेमा कृषि फार्म सञ्चालन गरेका छन् ।

फार्ममा भैँसीपालन व्यवसाय सुरु गरेको करिब सात महिना पुग्न लाग्यो । भैँसीपालनमा पनि सुरुवाती चरणमा आफूले घाटा बेहोर्नुपरेको उनले सुनाए । “साथीको सल्लामा अर्का एकजनामार्फत भैँसी किनेर ल्याए तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ” उनले भने। हाल उनको फार्ममा ६ वटा भैँसी छन् । दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार अर्थात  वार्षिक करिब साढे ८ करोड नाफा भइरहेको उनको भनाइ छ ।

“अहिले प्रतिलिटर ८० का दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छु”, उनले भने, “प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु ।” कुल ५६ लाख रुपैयाँ लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि ८ लाख रुपैयाँ ऋण लिएर सुरु गरेको भैँसीपालनबाट भने सन्तुष्टि मिलेको उनको भनाइ छ । भैँसीपालनमा श्रीमती र एक जना आफन्तले सहयोग गर्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्