Shikhar Insurance

नेपाल बैंकका नवनियुक्त अध्यक्ष मरासिनीले लिए सपथ, भन्छन्ः बैंकलाई नयाँ ऊर्जा र गतिका साथ अघि बढाउँछु

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार २०:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकका नवनियुक्त अध्यक्ष मधुकुमार मरासिनीले पद तथा गोपनियमताको सपथ लिएका छन् । मरासिनीले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सपथ लिएका हुन् ।

मरासिनी आजै नियुक्त भएका थिए । वासुदेव अधिकारीले राजीनामा दिएपछि बैंक सञ्चालक समितिका अध्यक्ष पद खाली थियो ।
उनी १० गते अध्यक्ष बनेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष नियुक्त भएसँगै मरासिनीले बैंकलाई प्रतिस्पर्धी बनाउने, दीगो उपलब्धी हासिल गर्न सहयोग पु¥याउने, प्रविधिमा आधुनिकीकरण हासिल गर्ने, डिजिटल अर्थतन्त्र विकासमा मद्दत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बैंकको विवाद विषयमा आफूलाई थाह नभएको तर दिइएको थप जिम्मेवारीका कुसलतापूर्वक निभाउने दाबी गरे ।

उनले भने, “बैंकको वित्तीय परिसूचकमा थप सुधार ल्याउन र व्यावसायिक विकासका लागि बैंकलाई नयाँ ऊर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहनेछु ।”

मरासिनी महालेखा नियन्त्रक पनि हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्