Shikhar Insurance

पौडेल बनिन् केयूको उत्कृष्ट विद्यार्थी, ४ मा ४ जीपीए प्राप्त

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार २१:२१
NIMB
Nabil Bank

काठमाडौं । नेसनल कलेजकी श्रेया पौडेल काठमाडौं विश्वविद्यालय टप गरेकी छन् । पौडेलले स्नातकको उत्कृष्ट विद्यार्थी बनेकी हुन् ।

केयूले प्रकाशित गरेको अन्तिम नतिजाअनुसार ब्याच २०१६-२०२० को समूहमा चिकित्शा अध्ययन बाहेक सम्पूर्ण विश्वविद्यालयको स्नातक तहमै पौडेल उत्कृष्ट हुन सफल भएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

धुम्बाराहीस्थित नेसनल कलेजमा ब्याचलर इन डेभलप्मेन्ट स्टडिजमा चार वर्षे अध्ययन पुरा गरेकी पौडेलले कुल ४ जीपिएमा ४ नै जीपीए प्राप्त गरेकी हुन् ।

पौडेल उपकुलपती स्वर्णपदकको एक्लो हकदार भएकी हुन् । यो उपाधी नेसनल कलेजलको विद्यार्थीले प्राप्त गरेको पाँचौपटक हो । यस अघि डेभेलपमेन्ट स्टडिजबाट ३ र सोसल साइन्सेज १ जनाले स्वर्णपदक पाइसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्