Shikhar Insurance

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ११, मंगलवार २२:५३
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतको फैसला विवादास्पद रहेको जिकिर गरेका छन् ।

सामाजिक सन्जाल फेसबुकमा मंगलबार स्टाटस लेख्दै उनले अदालतको फैसलाले राजनीतिक समस्याहरूको कुनै ‘हल’ नहुने पनि बताएका छन् । उनले फैसला कार्यान्वयन गर्ने र प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

“सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका  दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्नेछ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,” उनले भनेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्