Shikhar Insurance

शिक्षकको अभावमा करोडौँका कम्प्युटर भयाे कवाडी

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १२, बुधबार ०९:३२
NIMB
Nabil Bank

 

महोत्तरी । भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका/दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन् । जिल्लाका सामुदायिक विद्यालयले समुचित कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा नआएर लामो समयदेखि थन्किँदा खिया लाग्दै गएर अब कवाडी बन्दै गएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

जिल्लाको सम्सी गाउँपालिका-७ स्थित जनता माविमा दुई वर्षअघि किनिएका कम्प्युटर भण्डारण कोठा (स्टोररुम) मा थन्किएका छन् । धुलाम्य भण्डार कक्षमा राखिएका २४ कम्प्युटर प्रयोगमा आउन सकेको छैन । “नेपाल सरकारको आइसिटी कार्यक्रमअन्तर्गत विद्यालयलाई कम्प्युटर प्राप्त भएका हुन्”, विद्यालयका प्रधानाध्यापक महेश्वर राय का अनुसार “ शिक्षक अभावमा प्रयोगात्मक सिकाइ हुन नसक्दा लाखौँ मूल्यका कम्प्युटर बिग्रँदैछन् ।” विषय शिक्षकको प्रबन्धका लागि स्थानीय तह र जिल्लास्थित शिक्षा विकास समन्वय एकाइ कार्यालयमा समस्या राखिए पनि समाधान भने नभएको प्रअ रायको भनाइ छ । शिक्षक प्रबन्ध नै नगरी कम्प्युटर विद्यालयलाई दिने सरकारी नीति नै दोषपूर्ण भएको सम्सीका शिक्षाविद् बताउँछन् ।

पाठ्यक्रमअनुसार कक्षा ५ देखि नै कम्प्युटर विषय पठनपाठन गराइनु पर्छ । अहिले प्रयोगात्मक अभ्यास गराउने दक्ष शिक्षक नभएपछि कम्प्युटरसम्बन्धी पाठ्यपुस्तक फलाकेर झारा टार्ने काम मात्र भएको शिक्षक नै स्वीकार गर्छन् । सम्सी गाउँपालिकामा १३ सामुदायिक विद्यालय छन् । तर कुनै पनि विद्यालयमा कम्प्युटरको प्रयोगात्मक अभ्यास भने भएको छैन । विषयको महत्व नै अभ्यासमा रहेको हुँदा आफुहरु कम्प्युटर सिकाइबाट बञ्चित रहेको यहाँका विद्यार्थीको गुनासो छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्