Shikhar Insurance

राष्ट्र बैंकका कर्मचारीले सञ्चार माध्यमसँग आफुखुसी बोल्न नपाउने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १२, बुधबार १०:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरुलाई जथाभावी नबोल्न भनेको छ । सञ्चार माध्यमहरुमा जथाभावी सूचना चुहाएर काम गर्न अप्ठेरो पारेको भन्दै राष्ट्र बैंकले कर्मचारीहरुलाई सूचना तथा सञ्चार नीति २०७७ ल्याएर कडाई गरेको हो ।

अब कुन तहका कर्मचारीले सूचना दिने ? को सँग अनुमति लिने र कस्ता सूचना प्रवाह गर्ने भन्ने नै एकिन गरिएको छ । राष्ट्र बैंकसँग सञ्चार माध्यमले प्रवक्ता तथा सूचना अधिकारीबाट मात्रै सूचना पाइनेछ । त्यस बाहेकका अधिकारीहरुले सञ्चार माध्यमहरुसँग बोल्नका लागि उपल्लो अधिकारीसँग अनुमति लिएर मात्रै बोल्न पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

डेपुटी गभर्नर र विभागीय प्रमुखहरुले पनि कुन कुन अवस्थामा सञ्चार माध्यमसँग बोल्न पाउने भन्ने स्पष्ट गरिएको छ । यस्तो व्यवस्थाले सञ्चार माध्यमसँगको सम्वाद सहज हुने अपेक्षा पनि राष्ट्र बैंकले गरेको छ ।

सञ्चार नीतिको उदेश्यबारे राष्ट्र बैंकले–‘बैंकसँग सम्बन्धित सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढङ्गले सम्प्रेषण गर्ने र सम्प्रेषित सूचनाको माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धन र स्थायित्वमा टेवा पु¥याउँदै समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने ।’, उदेश्य राखिएको बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्