Shikhar Insurance

महिला लघुवित्तको आईपीओ बाडफाँट शुक्रबार, कसलाई पर्ला ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १२, बुधबार १७:४६
NIMB
Nabil Bank

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रबार बाडफाँट गर्ने भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान ८ बजे आईपीओ बाडफाँट गर्ने जनाएको हो । कम्पनीले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको थियो ।
महिलाको आईपीओमा १५ लाख ८० हजारभन्दा बढिको आवेदन परेको थियो । १५ लाख ८० हजार ७ सय ८१ जनाले २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रूपैयाँ बराबरको २ करोड ४६ लाख ६६ हजार १ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७ गुणा बढी हो । आवेदकमध्येबाट ३७ हजार ५ सय जनाले गोलाप्रथाबाट १०।१० कित्ता पाउनेछन् ।

१० करोड रुपैयाँ जारी पुँजी रहेको लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापुँजी ६ करोड रुपैयाँ छ । आईपीओ जारीपछि कम्पनीको चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्