Shikhar Insurance

निफ्राको सेयर कारोबारलाई देखाएर बजार बिगार्ने कुरा सह्य हुन्नः लगानीकर्ता

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १२, बुधबार १८:१४
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले निफ्राको सेयर कारोबारलाई देखाए बजार बिगार्ने कुरा सह्य नहुने बताएका छन् । लगानीकर्ता सम्बद्ध पाँच वटै संगठनले संयुक्त विज्ञप्ति निकाल्दै बजारमा भैरहेको अनावश्यक चलखेलको बिरोध गरेका हुन् ।

उनीहरुले सिडिएस र नेप्सेको लापरवाहीका कारण सेयर बजारका लगानीकर्ता निरुत्साहित हुने अवस्था बनेको र बजारमा अनावश्यक चलखेल बढेको आरोप पनि लगाएका छन् ।

Citizen Life
Kumar Bank

‘पुँजीबजार सन्चालन गर्ने जिम्मा पाएका जिम्मेवारी प्राप्त पदाधिकारी वा संस्था बाट यस क्षेत्रलाई गैर जिम्मेवारी पुर्वक सन्चालन गर्दै आएका र हामिले जे गर्दा पनि हुन्छ भन्ने मानसिकता बाट ग्रसित भएर पुँजीबजार सन्चालन गरिरहेका छन भन्ने कुरा आजको शेयर कारोवार गर्ने नेपालको पुँजीबजारमा उत्पन्न भएको परिघटनाले पुनः पुष्टि गरेको छ ।’ लगानीकर्ताका संगठनहरुले भनेका छन् ।

लगानीकर्ताहरुले निफ्राको कारोवारको अप्राकृतिक मुल्य र त्यसले समग्र परिसुचकमा पारेको नकारात्मक परिणामले श्रृजना गरेको लगानिकर्ताको मनोविज्ञान र राष्ट्रको एक मात्र पुँजीबजार सन्चालक निकाय प्रतिको लगानिकर्ताहरूको विश्वसनीयतामा नराम्रो धक्का लागेको र लगानीकर्ताको सम्पतिको असुरक्षा भएको दावी गरेका छन् ।

‘पुँजीबजारमा भर्खर सर्व साधारण जनताको चासो र विश्वास बढ्दै गरेको,देशको आर्थिक पाटो समेत सुधारोन्मुख हुँदै गएको परिप्रेक्ष्यमा अचानक निफ्राको शेयरलाई हतियार बनाएर परिसुचकमा नियोजित रूपमा नकारात्मक सुचक देखाई लगानिकर्ताहरूको मनोविज्ञानसंग खेलवाड गर्ने जो कोही पनि व्यक्ति,संस्था वा निकायहरूको यस्ता अवान्छित गतिविधीलाई हामी लगानिकर्ताहरूले कति समय सम्म सहेर बस्ने हो ? यस्ता मनोवृत्ति र घटनाहरूको नदोहोरिने कुराको प्रत्याभूति सम्बन्धित निकाय बाट हामिले कहिले गर्न पाउने हो ? यावत प्रश्नहरूको उत्तर सम्बन्धित निकाय बाट यथासिघ्र सम्बोधन र समस्याको समाधानको लागि विमम्रतापुर्वक अनुरोध गर्दछौं ।’, लगानीकर्ताहरुले भनेका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्