Shikhar Insurance

नार्कले ल्यायो वेब-पोर्टल, घरबाटै सकिन्छ जमिनको माटोको परिक्षण गर्न

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १२, बुधबार १९:२२
NIMB
Nabil Bank

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा कृषि अनुसन्धान परिषद् (नार्क)ले वेब-पोर्टल मार्फत डिजिटल नक्सा एक कर्याक्रमका साथ आज सार्वजनिक गरेको छ । डिजिटल नक्साको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
माटोको उर्वराशक्ति अम्लीयपन, प्राङगरिक पदार्थको मात्रा, माटोको बनोट आदि जस्ता माटोका विभिन्न गुणहरु कृषकलाई सहजै उपलब्ध गराउने उद्देश्यले उक्त वेब-पोर्टल सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ । साथै, उक्त नक्शांकनको आधारमा कृषकले आफ्नो जग्गामा मलको मात्रा कति प्रयोग गर्ने, कस्तो बाली लगाउन उपयुक्त हुने आफ्नो माटो कसरी सुधार गर्ने लगायतका विषयमा निर्णय लिन सक्ने मन्त्रालयको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सार्वजनिक कार्यक्रमको उद्घाटन गर्न उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले यस किसिमको वेब-पोर्टल तयार गर्ने दक्षिण एसियामै नेपाल पहिलो भएको बताए । ओलीका अनुसार उक्त डिजिटल म्यापिङकोे शुरुवातीसँगै नेपाल एउटा नयाँ युगमा प्रवेश गरेको बताए ।

‘वेब-पोर्टलले कुन ठाउँमा कस्तो उत्पादन गर्ने र माटोका उर्वराशक्ति कस्तो अवस्थामा रहेको छ । अहिले उक्त वेब-पोर्टलबाट घरमै बसीबसी हेर्न सक्नेछन्,’ ओलीले भने, ‘आफूले आफ्नो जमिनको माटोको बारेमा आफैलाई थाहा नभएको अवस्थामा टेलिफोनबाट यससँग सम्बन्धित व्यक्तिसँग सम्पर्क गरेर पनि जानकारी लिन सक्नेछन् ।’ साथै, गुगलको सहयोगमा पनि यस प्रविधिको सदुपयोग गर्न सकिने ओलीले दाबी गरे ।

यस्तै, हाल नेपालमा ६५ प्रतिशत जनसंख्या कृषिमा आबद्ध भएता पनि २७ प्रतिशत मात्रै योगदान रहेको भन्दै कृषिमा आधुनीकिकरणको प्रयोगबाट योगदानमा वृद्धि गर्नुपर्ने ओलीको भनाइ छ । साथै, कृषिबाट पलायन भएता पनि कुनै चिन्ता नलिनुपर्ने भन्दै आधुनीककीकरणमा ध्यान दिई उक्त जनसंख्याको सहदुपयोग गर्नुपर्ने जिकिर गरे ।

त्यसैगरी कृषि मन्त्री पद्मा कुमारी अर्यालले सार्क मुलुकमै पहिलो यस्तो प्रविधि भित्र्याउन सफल भएको भन्दै प्रविधिको विकासले कृषिमा फड्को मार्न सक्ने बताइन् । उनका अनुसार सरकारले प्रविधि भित्र्याएको छ । तर, त्यसलाई कसरी सदुपयोग र विकास गर्न सकिन्छ भन्ने मुख्य चुनौतीको विषय बनेको उनी बताउँछिन् ।

मन्त्री अर्यालले आगामी दिनमा कृषिलाई मुख्य पेशाको रुपमा विकास गर्नको लासग कसरी फर्म सञ्चालन गर्ने र सामूहिक कृषिमा प्रोत्साहन गर्नुपर्ने उल्लेख गरिन् ।

वेब-पोर्टल मा रहेको माटोको डिजिटल नक्साको यस्तो छ विशेषता ?

सरकारले करिब ४ वर्षदेखि शुरु गरी हाल सार्वजनिक गरेको वेब पोर्टल धेरै विशेषताहरू रहेको छ । उक्त नक्शांकन तयार गर्नको निम्ति देशभरीबाट २३ हजार २ सय ७३ वटा माटोको नमुनाको परीक्षण नतिजा विश्लेषण गरी नेपालको लागि उपयुक्त हुने प्रविधि अपनाई नक्सा तयार गरिएको नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ । यो नक्सामार्फत कृषकहरू तथा आम सरोकारवालाहरुले आफूलाई आवश्यक पर्ने स्थानको माटोको अवस्था र गुणबारे जानकारी प्राप्त गर्न सक्नेछन् । साथै, यस कार्यले नीति निर्माणकर्ता, अनुसन्धानकर्मी, कृषि प्रसारमा संलग्न प्रविधिहरू, शिक्षक, प्रध्यापक, विद्यार्थी, कृषक, निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्तालाई माटोको अवस्था सम्बन्धि आधारभूत जानकारी उपलब्ध हुने छ ।

त्यसैगरी उक्त कार्यले माटोको स्वास्थ्यमा के कस्ता सुधार गरी बालीको उत्पालन र उत्पादकत्व बढाउन आवश्यक कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्नेछ । त्यति मात्रै नभई नेपालको कुन ठाउँमा कस्तो किसिमको मलको आपूर्ति गर्ने, माटो सुधार कार्यक्रमहरू के कस्ता तर्जुमा गर्ने र माटोको उर्वरापन, अम्लीयपन, प्राङ्गरिक पदार्थको सुक्ष्म खाद्यत्वहरुको सन्तुलन कसरी गर्ने जस्ता निर्णय लिन सहयोग गर्दछ ।

उक्त डिजिटल नक्सा हेर्नका लागि एउटा अलग्गै वेब-पोर्टल बनाइएको परिषद्को भनाइ छ । जसमा उक्त वेवसाइटबाट आफूले चाहेको प्रदेश, जिल्ला र पालिका वार्ड र घरधुरीसम्म जान सकिन्छ र त्यहाँको माटोको अवस्था थाहा पाउन सकिन्छ । यसको मुख्य विशेषता भनेको आफ्नो रुचि र आवश्यकताको आधारमा एक क्लिकका भरमा आफूले चाहेको कुनै निश्चित बिन्दुमा रहेको माटोमा रहेको गुणको बारेमा जानकारी पाउनु रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्