Shikhar Insurance

ओलीको विकल्प खोजी तिब्रः माधव-प्रचण्डले बढाए भेटघाट, बामदेवको नयाँ प्रस्ताव

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १३, बिहीबार ११:२१
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको विकल्पको खोजी तिब्र भएको छ । नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले अन्य दलका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन् । बुधबार काँग्रेस सभापति शेर बहादुर देउवासँग भेट गरेका अध्यक्षद्धयले बिहिबार जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग छलफल गरेका हुन् ।

बुढानिलकण्ठमा देउवासँग भएको भेटमा सत्ता साझेदारीकै विषयमा छलफल भएको थियो । पेरिसडाडाँमा भएको जसपा नेताहरुसँगको भेटमा पनि नयाँ सत्ता समिकरण निर्माणबारे नै छलफल भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उता, नेकपा उपाध्यक्ष बामदेव गौतमले ओलीलाई सम्मान जनक ढंगले घर पठाएर नेकपा भित्रैबाट नयाँ प्रधानमन्त्री छान्नुपर्ने अवधारणा अघि सारेका छन् । उनले ओलीलाई अपमान नगरि बालकोट पठाउने र नेकपा भित्रैबाट नयाँ प्रधानमन्त्री बनाएर पार्टी एकता पनि जोगाउनुपर्ने धारणा राखेका हुन् । बिहिबार प्रचण्ड निवासमै पुगेर गौतमले त्यस्तो प्रस्ताव अघि सारेका हुन् ।

हालसम्म काँग्रेस सभापति देउवा, नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्ड तथा जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्