Shikhar Insurance

अब आईपीओको नतिजा बिक्रि प्रबन्धक र कम्पनीको वेभसाइटमै, अनलाइनहरुले नपाउने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १३, बिहीबार १२:२३
NIMB
Nabil Bank

काठमाडौं । अबदेखि आईपीओहरुको नतिजा बिक्रि प्रबन्धक र सेयर जारी गर्ने कम्पनीहरुको बेभसाइटमा अनिवार्य राखिने भएको छ । तर अनलाइन सञ्चार माध्महरुले भने आईपीओका नजिता राख्न पाउने छैनन् ।

सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानले बिक्रि प्रबन्धक र जारी गर्ने कम्पनीहरुले आफ्नो वेभसाइटमा अनिवार्य राख्नु पर्ने गरि सर्कुलर जारी गरेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘आईपीओको नतिजा व्यक्तिगत विवरणमै पर्छ, अब अनलाइन सञ्चार माध्यमहरुले त्यस्तो विवरण राख्न पाउँदैनन्, जारी गर्ने कम्पनी र बिक्रि प्रबन्धकको वेभसाइटमा तत्कालै राख्नुपर्ने व्यवस्था अनिवार्य गरिदिएका छौं’, प्रवक्ता न्यौपानेले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्