Shikhar Insurance

३० महिनामा बीमा समितिको नयाँ भवन बन्ने, लागत ७० करोड

लागत बढे समितिले व्यहोर्ने
सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १३, बिहीबार १८:३०
NIMB
Nabil Bank

काठमाडौं । बीमा समिति र सहरी विकास भवन निर्माण विभागबीच भवन निर्माण सम्झौता भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. नवराज प्याकुरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भवन ७० करोड लागतमा बन्ने छ ।

नेपाल इन्जिनियरीङ अध्ययन संथानले दुई वर्ष अगाडि तयार गरेको डिजाइन अनुसार नै सम्झौता भएकाले अहिलेको मुल्यअनुसार लागत मुल्यमा समायोजन गर्नेगरी सम्झौता भएको हाे । अहिलेको लागत मुल्य ७० करोडभन्दा बढी हुन आएमा बढेको रकम बीमा समितिले भवन निर्माण विभागलाई दिनु पर्नेछ ।

Citizen Life
Kumar Bank

शहरी विकास भवन निर्माण विभागले नै ठेक्का लगाएर भवन निर्माण गर्नेछ भने निर्माण सुरु गरेको ३० महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्