Shikhar Insurance

पक्राउ परे दुई फरार अभियुक्त

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १३, बिहीबार २०:११
NIMB
Nabil Bank

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले अदालतबाट कैद सजाय पाएर फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ ।

दुई छुट्टाछुट्टै मुद्दामा उच्च अदालत पाटनको गत मङ्सिरको फैसलाले ३५ दिन कैद र रू ५६ लाख जरिवाना हुने ठहर भई फरार रहेका काठमाडौँको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई पक्राउ गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि ब्युरोबाट परिचालित टोलीले उनलाई आज ललितपुरको झम्सीखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाएको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए । उनले विसं २०७५ मा आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने थाहा हुँदाहुँदै आफ्ना नाममा रहेको लक्ष्मी बैंकको खाताबाट रकम भुक्तानका लागि चेक काटी बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । अदालतबाट बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम फैसला भएलगत्तै उनी फरार थिए ।

यसैबीच ब्युरोले वैदेशिक रोजगारसम्बन्धी कसूरमा सर्बोच्च अदालतको विसं २०६९ को फैसलाले एक वर्ष छ महिना कैद र एक लाख ५० हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएका सप्तरी घर भई ललितपुर बस्दै आएका रामकुमार शाहलाई पक्राउ गरेको छ । उनले ढुण्डीराज पोखरेलका नाममा अख्तियारको कर्मचारी भएको भनी झुटो विवरण देखाएर नक्कली गतिविधिसमेत गरेका थिए । उनलाई अदालतको आदेशले कारागार चलान गरिएको ब्युरोले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्