Shikhar Insurance

३१ सहसचिवको सरुवा, को कहाँ पुगे ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १३, बिहीबार २०:३९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले ३१ जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ३१ जना सहसचिवहरुको सरुवा गरेको हो ।

आन्तरिक राजश्व विभागका महानिर्देशक बन्ने चर्चामा रहेका राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली अर्थ मन्त्रालय सरुवा भएका छन् । सम्पति सुद्धिकरण विभागका महानिर्देशक रुप नारायण भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तानिएको छ ।

Citizen Life
Kumar Bank

उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, व्यवस्था विभागका महानिर्देश गगन हमाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग विभागका खगेन्द्र प्रसाद रिजाल, लगानी बोर्डका धर्मेन्द्र कुमार मिश्र लगायतका ३१ ज्ना सहसचिवहरुको सरुवा भएको हो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्