Shikhar Insurance

‘देशमा क्राइसीस तरलताको होइन, असल नेतृत्वको हो, बैंकलाई गाली गरे ठिक ठाउँमा पुगिन्न’

नेपाललाई स्वीजरल्याण्ड र छोरा जस्तै छोरी खोज्ने सोँच नै गलत
अनिल केशरी शाह
२०७९ फाल्गुन १८, बिहीबार १४:२६
NIMB
Nabil Bank

३१ वर्ष लामो बैंकिङ करिअर सकेर बसेका अनिल केशरी  शाहलाई यतिबेला बैंकहरु विरुद्ध चलेका आन्दोलनले दुःखी बनाएको छ । ‘सबै भन्दा राम्रा हुनु नै गाली खानुपर्ने कारण’ बनेको देख्दा शाह समाजमा भाइरल बन्ने प्रवृत्तिले समस्या ल्याएको देख्छन् ।

देशमा तरलताको होइन, असल नेतृत्वको अभाव छ भन्ने निष्कर्षमा रहेका शाहलाई देश बनाउने अठोट भएका युवाहरुको नेतृत्व विकासमा सघाउने भोक पनि छ। बैंकका सीईओहरुको तलब घटाउने भन्दा पनि मुख्य सचिव र सचिवहरुको तलब बढाउनुपर्ने उनको स्पष्ट विचार छ ।

Citizen Life
Kumar Bank
Nepal Life

४ प्रतिशत स्प्रेडदरमा काम गरिरहेका बैंकहरुको नाफामाथि गलत नजर लगाउने अन्य क्षेत्रहरुलाई ५० प्रतिशत स्प्रेडमा काम गरेर देखाउन उनको चुनौती छ । नेपालको बैंकिङ क्षेत्रबारे वृहत्तर अध्ययन आवश्यक रहेको बताउने उनै पूर्व बैंकर तथा लिड नेपाल इंकका अध्यक्ष अनिल केशरी शाहसँग सिंहदरबारले गरेको अन्तरवार्ताको सारः

–मैले ३१ वर्ष सेवा गरेको बैंकिङ क्षेत्रलाई अहिले यसरी गाली भैरहेको देख्दा दुःख लाग्छ । भाइरल हुनका लागि मानिसहरु किन बैंकहरुलाई गाली गरिरहेका छन् ? मैले बुझिरहेको छैन् ।

–नेपालमा सबै भन्दा धेरै अनुशासित र पारदर्शी बैंक तथा वित्तिय क्षेत्र(इन्स्योरेन्ससहित)लाई धेरै गाली गर्ने क्रम बढेको छ । सिईओको तलबदेखि नाफा र लाभांश सबै स्पष्ट छ बैंकहरुको फेरी पनि गाली भने जारी छ ।

–नेपाल राष्ट्र बैंकले थाहा पाएरले रुलिङ गरेपछि बैंकहरुले अतिरिक्त उठाएको प्रिमियम फिर्ता गरे । तर अरु कुनै क्षेत्रले एमआरपी भन्दा बढी मूल्यमा बेचेको रकम फिर्ता गरेका छन् र ? बिजुली, तेल चामल, दुधको बढी मूल्य फिर्ता आएको छ र ? यो देशमा बढी असुलेपछि फिर्ता भएको भनेकै बैंकहरुको ब्याज मात्रै हो ।

–बैंकहरुले अरबौं नाफा गरे, सिईओहरुले लाखौं तलब खाए भन्ने आरोप छ । हामीले भल्टमा पैसा छापेको होइन र छैनौं ।

–बैंकहरुले साढे १८ लाख ऋणीको मात्रै होइन, साढे ४ करोड निक्षेपकर्ताहरुको हित पनि हेर्नुपर्छ । ब्याज यति थोरै पनि लिन हुन्न जसले ति करोडौं निक्षेपकर्ताहरुको पेटमा लात हानोस् ।

–प्रधानमन्त्री वा अर्थमन्त्रीको नेतृत्वमा कार्यदल बनाऔं, नेपाल उद्योग बाणिज्य महासंघसहित निजी क्षेत्रका प्रतिनिधी, राष्ट्र बैंक, बैंकर, योजना आयोगको सहभागीतामा बन्ने त्यो कार्यदलले अर्थतन्त्रमा वित्तिय क्षेत्रको योगदान बारे हेरोस् । स्प्रेड दर कति हुनुपर्ने हो ? बैंकहरुले कति नाफा कमाउँदा ठिक हुने हो ? बैंकहरुको ब्याजदर कति हुँदा ठिक हुने हो ? मुद्रास्फितिलाई कसरी सम्बोधन गर्ने हो ? लगायतका विषयमा विस्तृतमा योजना अघि सारोस् ।

–गणतन्त्र, संघियता, नयाँ संबिधान भनेकै नागरिकको जीवनस्तर उकास्नका लागि ल्याईएको हो । त्यो कामको नेतृत्व राम्रोसँग हुनुपर्छ ।

–अब बैंकको मात्रै होइन, अन्य ५० क्षेत्रको पनि स्प्रेड तोकिनुपर्छ । खाद्यान्न, निर्माण सामग्री, सवारीसाधनहरुमा पनि स्प्रेड लगाउनुपपर्छ । बैंकहरुले ४ प्रतिशत स्प्रेडमा काम गरिरहेका छन् । अरुले ५० प्रतिशतसम्मको स्प्रेडमा काम गरेर देखाउन न । अर्काे बजेटबाट यस्तो व्यवस्था अघि सारियोस् भन्ने हाम्रो धारणा हो ।

–बैंकर र व्यवसयाीलाई छुट्याउनुपर्ने हो भने नेपाल राष्ट्र बैंकले तत्कालै ऐन संसोधनको प्रक्रिया अघि सारोस् ।

–सबै ठाउँमा राष्ट्र बैंक जस्तो रेगुलेटर चाहिन्छ । जसले सिईओ कर्मचारीको तलब देखि स्प्रेडसम्मको नियमन आफैं गर्छ । गल्ती गरेका छन् भने सबैलाई बोलाएर तुरुन्तै सुधार्न लगाउँछ ।

–नेपालका लागि हुण्डी कारोबार एउटा ठूलो समस्या हो । त्यसको समाधानका लागि केहि ठोस योजना आवश्यक देख्छु ।

–बैंकका सीईओहरुको तलब घटाउने होइन की नेपाल सरकारका मुख्यसचिव र सचिवहरुको तलब चाँही बढाउने हो की ?

–नेपाल धेरै भ्रष्टाचार गर्ने देशहरुमा नेपाल पर्छ । को भ्रष्ट छ ? डाक्टर, इञ्जिनियर, हामी बैंकर भ्रष्ट हो र ? हामी बैंकर त भ्रष्टहरुमा पर्दैनौं । जो भ्रष्ट छैनन् तिनलाई पनि भ्रष्ट बनाउने प्रयास नगरौं ।

–बैंकरहरुले लाख करोडमा होइन, अरबौंमा काम गर्छन्, तर हामी अनियमितता गर्दनौं ।

–सबै बैंकर अनिल शाह जस्तो भिरकोटे राजाको नाति छैनन् । मेरा साथीहरु कालिकोट, जाजरकोटबाट आएर, तीन जना एउटै कोठामा बसेर स्टोभमा खाना पकाएर संघर्ष गर्दै बैंकर बनेका छन् ।

–पहिले पनि सम्पति स्वघोषणाको योजना ल्याईएको थियो । अहिले एक हजार र पाँच सयका नोट बदलौं । गुलाबी रंगको नयाँ नोट छापौं । घरमा पाँच सात अर्ब राख्नेहरुको पैसा शुन्य बनाऔं । नागरिकता देखाएर ५० लाखसम्म साट्न सकिने व्यवस्था गरौं । यसले नेपालका अधिकांश नागरिकलाई यसले कुनै प्रभाव पार्दैन् । ९८ प्रतिशत नागरिकसँग नगद ५० लाख रुपैयाँ पक्कै छैन् ।

–भारतमा डिमोनिटाइजेशन सफल भयो की भएन भनेर निष्कर्ष निकाल्नु अघि त्यहाँ ह्वाइट इकोनोमी बनाउन सहयोग गर्यो की गरेन भनेर हेर्नुपर्छ । त्यसले डिजिटाइजेशन ल्यायो र समानान्तर अर्थतन्त्र घटाउन भूमिका खेल्यो ।

–धेरै नेताहरुले नेपाललाई सिंगापुर र स्वीजरल्याण्ड बनाउँछु भनेँ । त्यो गन्तव्य नै गलत थियो । हामीले नेपाललाई नेपाल जस्तै बनाउने हो । मेरो छोरी जन्मिदाँ छोरा जस्तै छोरी हुनेछिन् भन्ने आशिर्वाद पाएको थिएँ । मैले उहाँलाई भनेको थिएँ, मलाई मेरो नेपाल सिंगापुर र स्वीजरल्याण्ड जस्तो होइन नेपाल जस्तो चाहिन्छ । मलाई मेरो छोरी छोरा जस्तो होइन, छोरी जस्तै चाहिन्छ भनेँ ।

–जापानको मुद्रा जापानी यान नेपाली कागजमा प्रिन्ट हुन्छ । हामी भने आफ्नो नोट छाप्न भारत र चिनलाई ठेक्कामा दिन्छौं ।

–कुनै पनि देशको आर्थिक विकासका लागि त्यो देशका धनीहरुलाई गरिब बनाएर हुँदैन् । धनीहरुलाई मात्रै झन धनी बनाएर पनि देश बन्दैन् । हामीले गरिबहरुलाई धनी बनाउने हो ।

–अब धनीहरु झन धनी हुन्छन् तर उनीहरुसँगै गरिबहरुको जीवनस्तर पनि उकासिँदै जानेछ । सबैको घर होस्, सबैका सन्तान राम्रा विद्यालयमा अध्ययन गरुन ।

–वित्तिय क्षेत्रलाई अरु जस्तो बनाउने होइन, बरु अरु क्षेत्रलाई पनि वित्तिय क्षेत्र जस्तै विश्वसनिय र आकर्षक बनाउनुपर्नेछ ।

–देशमा क्राइसीस तरलताको होइन, असल नेतृत्वको हो ।

–नेपाली युवाहरुको आइकन बिल गेट्स, अडानी, स्टिभ जब्स होइन, नेपालीहरु नै हुने अवस्थाको सिर्जन गर्नुपर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्