Shikhar Insurance

सि जिनपिङले भनेः चिनमा भिषण गरिबीको अन्त्य भयो

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १३, बिहीबार २१:०७
NIMB
Nabil Bank

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले चिनले भिषण गरिबीको अन्त्य गरेको बताएका छन् । गरिबी अन्त्यका लागि चिनले प्राप्त गरेको सफलतालाई जिनपिङले ‘चमत्कार’को संज्ञा पनि दिएका छन् ।

सन १९८० दशमा अघि सारिएको आर्थिक सुधारका कारण लाखौं चिनियाँ नागरिकहरुले गरिबीबाट मुक्ति पाएको पनि बताए । गत वर्षको चिनियाँ प्रधानमन्त्री लि कचियाङले ६० करोड मानिस शहरका घर भाडामा पनि बस्न नसक्ने अवस्थामा रहेको बताएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

तर राष्ट्रपति सिले भने गरिबी विरुद्धको लडाईँमा पुर्णत जित हासिल भएको छ । आज कम्युनिष्ट पार्टी अफ चिन(सीपीसी)को एक सयौं वर्षगाँठको अवसरमा आयोजीत कार्यक्रम मार्फत घोषणा गर्न यो भव्य समारोह आयोजना गरिएको छ की चीनले गरिबी विरुद्धको लडाईँमा पुर्ण सफलता प्राप्त भएको छ ।’

उनले यो जीत कम्युनिष्ट पार्टी र सम्पूर्ण चिनियाँ नागरिकको प्रयासको नतिजा हो भनेका छन् । चीनले तय गरेको नयाँ मापदण्ड अनुसार ९.८९ प्रतिशत गरिब ग्रामिण आवादीलाई गरिबीको दुष्चक्रबाट मुक्त गराएको, गरिबी ग्रस्त ८३२ काउन्टी र १२८ हजार गाउँलाई गरिबीको सूचिबाट बाहिर ल्याएको र भिषण गरिबीबाट देश र जनालाई मुक्त गरेर चमत्कार गरेको पनि जिनपिङले बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्