Shikhar Insurance

फागुन २३ देखि ज्योति लाइफको आईपीओ

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १४, शुक्रबार ०९:१७
NIMB
Nabil Bank

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ फगुन २३ गतेदेखि खुल्ने भएको छ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गर्दै ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आईपीओ फागुन २३ देखि २८ गतेसम्म सेयर जारी गर्ने जानकारी दिएको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब २० करोडको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कुल निष्काशनमध्ये पाँच प्रतिशतले हुने ३ लाख ३० हजार कित्ता कर्मचारी र सोही बराबर सामूहिक लगानी कोषका लागि सुनिश्चित गरिएको छ ।

Citizen Life
Kumar Bank

बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा भने सर्वसाधारणले आवेदन दिने पाउनेछन् । आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।

चालु आवको ६ महिनामा ज्योति लाइफले एक अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । गत आवको सोही अवधीमा कम्पनीले ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । २०७६ पुसको तुलनामा २०७७ पुस मसान्त अवधीमा कम्पनीले ९३.०५ प्रतिशतले बीमा शुल्क बढाउन सफल भएको देखिन्छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्