Shikhar Insurance

महिला लघुवित्तको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १४, शुक्रबार ०९:३१
NIMB
Nabil Bank

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओ बाडफाँट भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान महिलाको आईपीओ बाँडफाँट गरेको हो ।

महिलाको आईपीओ जम्मा ३७ हजार ५ सय जना आवेदकले १० कित्ता प्राप्त गरेका छन् । कम्पनीले सर्व साधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । आईपीओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमध्ये ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले गोलाप्रथाद्धारा आईपीओ बाडफाँट गरेको थियो जसमा १५ लाख २ हजार ५ सय ३५ जनाको हात खाली भएको छ । महिला लघुवित्तले माघ ३० गतेदेखि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्