Shikhar Insurance

नेपालमा खुल्यो थ्रिडी म्युजियम, सगरमाथा देखि म्यारीयाना ट्रेन्ज सम्मको अनुभव लिन सकिने

१०० भन्दा बढि ठाउँहरुको फोटो अनुभव थ्रिडी तथा फोरडीको माध्यमबाट लिन सकिने छ
सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १४, शुक्रबार १५:३७
NIMB
Nabil Bank

 

काठमाडौं । सुनधारा स्थित काठमाडौं मलमा नेपालकै पहिलो थ्रिडी म्युजियम सुक्रवारबाट संचालनमा आएको छ । आर्ट ईन पाराडाइजले यो म्युजियम संचालनमा ल्याएको हो । करिब ३ करोड रुपैयाँको लगानिमा म्युजियम संचालनमा आएको संचालक प्रदिप शर्माले जानकारी दिए । नाइका पुजा शर्माले रिवन काटेर उक्त म्युजियमको सुरुवात गरिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

संचालक शर्माका अनुसार ,फोटोका पारखी हरुलाई मध्यनजर गरेर तयार गरिएको यो म्युजियममा थ्रिडी फोटोको अनौठो अनुभव वटुल्न सकिने छ ।

” विस्वका सात प्रमुख आस्चर्य, प्रमुख सहर, वेब सर्फिङ , स्कुबा डाइबिङ , प्यारा ग्लाइडिङ लगायतका १०० भन्दा बढि ठाउँहरुको पोटो अनुभब थ्रि डी तथा फोर डी को माध्यम बाट लिन सकिने छ ।

काठमाडौंको कोलाहाल पुर्ण वातावरणबाट अलग्गै रहेर सगरमाथा देखी म्यारीयाना ट्रेन्ज सम्मको अनुभव लिन सकिने, मुडफ्रेस, फोटो सेसन तथा टिकटक बनाउनका लागि उत्तम गन्तव्य हुने समेत शर्माको दावी रहेको छ ।
रु ५ सय प्रबेश सुल्क रहेको छ भने संथागत रुपमा अउने हरुका लागि २० प्रतिसत छुटको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्