Shikhar Insurance

अर्थ मन्त्रालयमा विष्णु पौडेलको नयाँ सेट, फेरिए रणनीतिक सहसचिवहरु

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १४, शुक्रबार १९:३८
NIMB
Nabil Bank

काठमाडौं । अर्थ मन्त्रालयले सह सचिवहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालय तानिएका छन् । उनलाई अर्थको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी सहित प्रवक्ता बनाईएको छ ।

भन्सार विभागमा भने आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुख यमलाल भुसाललाई पठाइएको छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागका महानिर्देश दीर्घराज मैनालीलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनाईएको छ ।
प्रवक्ता अर्थात् योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. रामप्रसाद घिमिरे आर्थिक नीति विश्लेषण महाशाखामा सरूवा भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्