Shikhar Insurance

फागुन २३ गते डाकियो संसद अधिवेशन, अविश्वास प्रस्ताव आए पुनः ससंद बिघटन !

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १४, शुक्रबार १९:५७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधी सभाको अधिवेशन आवहान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सर्वाेच्च अदालतको फैसला कार्यान्वयन गर्ने भन्दै फागुन २३ गतेका लागि अधिवेशन बोलाउने निर्णय गरि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री ओलको रिफारिसमा राष्ट्रपछि विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेकी थिइन् । सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधी सभा विघटन बदर गर्दै १३ दिन भित्र संसद अधिवेशन बोलाउन आव्हान गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैबीच प्रधानमन्त्री केपी ओलीले २३ गते नै संसद अधिवेशन अन्त्य गर्ने तयारी गरेको आरोप लागेको छ । उनले अदालतको फैसला कार्यान्वयनका लागि बैठक डाक्ने र सोही दिन अन्त्य गर्ने रणनीति बनाएको श्रोत बताउँछ । उता, माधव नेपाल प्रचण्ड समुहले भने सोही दिन प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थालेका छन् । आफु विरुद्ध अविश्वासको प्रस्ताव आएमा ओलीले सोही दिन पुनः संसद बिघटन गर्ने चेतावनी आफु निकटका सांसदहरुलाई दिएको श्रोतले बतायो ।

उर्जा मन्त्री टोप बहादुर रायमाझीले देशमा पुनः मध्यावधि निर्वाचन घोषणा हुने दावी पनि गरेका छन् । उनले राजधानीमा आयोजीत एक कार्यक्रममा नयाँ सरकार गठन नदिएर पुनः संसद विघटन गरि निर्वाचनमा जाने वातावरण तयार हुँदै गएको बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्