Shikhar Insurance

अब आईपीओको नतिजा हेर्न सिडिएससिको छुट्टै वेभ साइट

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १५, शनिबार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । सार्वजनिक निष्कासन भएका धितोपत्र (आईपीओ)को नतिजा हेर्नका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) ले आफ्नै छुट्टै वेभ साइट संचालनमा ल्याएको छ ।

पहिले पहिले केहि निजि वेभ साइड हरुलाइ समेत नतिजा प्रकासनको अनुमति दिइएकोमा लगानिकर्ताको बिवरण, गोपनियता तथा सुरुक्षामा समेत असर परेको गुनासो आएको थियो । त्यसैले निजि साइटहरुलाई नतिजा प्रकासन गर्न दिन बन्द गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

महिला लघुवित्त वित्तिय संथाको आईपीओ बाडफाडको नतिजा सोही कम्पनीको सार्वजनिक निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ड बैंङ्किग लिमिटेडको वेभ साइटमा राखिएको थियो । धेरै मानिसको भिड भएका कारण उक्त वेभ साइटले काम गर्न सकेन , त्यसैले उक्त चाप मेरो सेयर एपमा समेत परेर मेरो सेयरमा समेत समस्या आएको थियो । त्यसैकारण आईपीओ खरिदकर्ताले नतिजा हेर्नेक्रममा समस्या झेजेका थिए। नतिजा सजिलै हेर्न पाउन भन्नको लागिनै छुटै वेभ साइट ल्याएको सिडिएससिले जनाएको छ ।

यो नयाँ साइट पुर्णत सुरक्षित रहेको, यसबाट लगानिकर्ताको गोपनियता समेत सुरक्षिर रहने सिडिएससिले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्