Shikhar Insurance

आजको मौसमः केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्