Shikhar Insurance

तयार भयो अन्जन श्रेष्ठको प्यानल: सुमार्गी, श्रेष्ठ र प्रधान सारथि

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार २२:०८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उध्योग बाणिज्य महासघमा अन्जन श्रेष्ठको मूल प्यानल तय भएको छ । चैत २८ गते हुने साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले उपाध्यक्षका उम्मेदवारहरु टुंगो लगाएका हुन् ।  वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका श्रेष्ठ हाल बस्तुगत तर्फका उपाध्यक्ष हुन् ।

श्रेष्ठको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार रहने भएका छन् । त्यस्तै एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनिसलाल प्रधानलाई अघि सारिएको छ ।  महासंघमा यसपाली वरिष्ठ उपाध्यक्षका लागि तीन जना उम्मेदवार देखिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तिनै जनाले प्यानल बनाउने कसरत गरिरहेका छन् । हाल एसोसिएट उपाध्यक्ष रहेका रामचन्द्र संघाई र पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ पनि प्यानल बनाउने तयारीमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्