Shikhar Insurance

युनियन लाइफका सीइओ कर्णले हडपे अभिकर्ताको लाखौं रुपैयाँ, पीडित गुहार माग्दै प्राधिकरणमा

सिंहदरबार संवाददाता
२०७९ चैत्र १, बुधबार १२:३२
NIMB
Nabil Bank

काठमाडौं । आजभन्दा ४ वर्ष अघि जीवन बीमा क्षेत्रमा व्यवसाय शुरु गरेको युनियन लाइफ इन्स्योरेन्स आक्रमक रुपमा व्यवयास विस्तारमा लागि परेको कम्पनी हो । यो कम्पनीले कान्छा पुस्ताका जीवन बीमा कम्पनीहरुलाई मात्रै नभएर पुराना कम्पनीहरुलाई समेत विजनेश ग्रोथमा पछि पारिरहेको छ ।

बीमा कम्पनीहरुको व्यवसायमा अभिकर्ता नै प्रमुख कारक हुन् भने बीमा अभिकर्ताकै संजालबाट चल्ने व्यवसाय हो । बीमित र कम्पनीबीचको मध्यस्थकर्ता भएर नयाँ विजनेश ल्याउने र भएको विजनेशलाई दिर्घकालका लागि सुनिश्चित गर्ने काम समेत अभिकर्ताहरुले नै गर्छन् । तर, युनियन लाइफले भने व्यवसाय विस्तारको प्रमुख कारक अभिकर्ताको लाखौं रुपैयाँ हडपेको आरोप लागेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

२०७४ असोज ४ गतेदेखि जीवन बीमा व्यवसाय शुरु गरेको युनियन लाइफको स्थपनाकाल देखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा मनोज कुमार लाल कर्ण छन् । कम्पनीको स्थापनाकाल देखि नै सीइओको जिम्मेवारी सम्हालेका कर्णले अभिकर्ताहरुलाई भने ज्यादति गर्ने गरेको तथ्य सिंहदरबारलाई प्राप्त भएको छ । सीइओ कर्णले कम्पनीको अभिकर्ता निरज कुमार भट्टको लाखौं रुपैयाँ हडपेकाे आरोप लागेको हो ।

सीइओ कर्णले हडपेको पैसा फिर्ता पाऊँ भन्दै भट्ट अहिले नियामक निकाय बीमा प्राधिकरण धाइरहेका छन् । श्रेष्ठले फागुन २९ गते नै प्राधिकरणमा युनियन लाइफ र कम्पनीका सीइओ विरुद्द उजुरी दिँदै न्यायको माग गरेका हुन् । याे कम्पनी प्राइम र गुराँस लाइफसँग मर्जर भएर हिमालयन लाइफ इन्स्योरेन्स बन्ने प्रकृयाको अन्तिम चरणमा छ ।

पीडित श्रेष्ठ युनियन लाइफमा स्थापना कालदेखि नै अभिकर्ताको रुपमा कार्यरत छन् । कम्पनीको नेपालगन्ज शाखामा अभिकर्ताको रुपमा आबद्ध भट्टले कम्पनीबाट पाउनु पर्ने २१ लाख २३ हजार ६ सय १६ रुपैयाँ सीइओ कर्णले हिनामिना गरेको आरोप हो । अभिकर्ता भट्टलाई व्यक्तिगत र सञ्जाल दुबै तर्फबाट हुन आएको कुल व्यवसायको सेवा सुविधा वापतको रकम कम्पनीले उनलाई भुक्तान नगरेको उजुरीमा उल्लेख छ ।

सो रकम कम्पनीले पीडित भट्टलाई नभएर अन्य व्यक्तिको नाममा उनलाई जानकारी नै नगराइ निकासा गरेको आरोप छ । कम्पनीले २०७७ भदौ २२ गते अभिकर्ता भट्टले सेवा सुविधा वापत पाउनु पर्ने रकम बिमला ढकालको नाममा पटक/पटक गरी निकासा गरेको हो । निज बिमला ढकालसँग कुनै पनि सम्बन्ध नभएको कम्पनीका अभिकर्ता भट्टले सिंहदरबारलाई बताए ।

सो बारेमा भट्टले कम्पनीका सीइओ मनोज कुमार लाल कर्णलाई दजर्नौ पटक जानकारी गराउँदै रकम फिर्ता दिलाउन आग्रह गरेका छन् । तर, कम्पनीको सीइओ कर्णले भने सो बारे वेवास्ता गरेको भट्टले गुनासो गरे । ढकालले बुझेको अभिकर्ता भट्टको लाखौं रुपैयौ कम्पनी कै सीइओ कर्णले उपयोग गरेको अशंका गरिएको छ ।
आफ्नो पैसा फिर्ता माग्दै ३ वर्षदेखि कम्पनीका उच्च अधिकारी र विभागहरुमा गुनासोसँगै लिखित उजुरी दिँदा समेत सो बारेमा सीइओ कर्णले नै अन्तिम निर्णय गर्ने डीसीइओ, डीजिएम र फाइनान्स हेडले भट्टलाई भन्ने गरेका छन् । आफ्नो गुनासोको सुनुवाइ कम्पनीमाफ्र्त नभएपछि अभिकर्ता भट्ट नियामक निकायको सरणमा आएका हुन् ।

उनले प्राधिकरणको उजुरी शाखामा उजुरी दर्ता गराइसकेको हुँदा सो बारे थप अध्ययन गरि तथ्यमा आधारित रहेर कारवाही अघि बढाइने प्राधिकरण स्रोतले बताएको छ । ‘अभिकर्ताको पैसा कम्पनीले हडपेको नै रहेछ भने, त्यो फिर्ता हुन्छ तर त्यसमा हामी छानबिन गछौं । केही समय लाग्न सक्छ । कम्पनीलाई पत्र पठाउने तयारी गरिरहेका छौं ।’–प्राधिकरण स्रोतले भन्यो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्