Shikhar Insurance

‘चीनबाट लगानी ल्याउन स्थायी सरकार बनाउँछौं, लाभांशमा लगानीकर्ताबीच भेदभाव हुँदैन’–प्रम

सिंहदरबार संवाददाता
२०७९ चैत्र १, बुधबार १७:०४
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’’ ले चीनबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन भएपनि स्थायी सरकार बनाउने बताएका छन् । प्रम दाहालले ‘नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरम २०२३’ सम्मेलनको समुद्घाटन गर्दै नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत चीन भएका हुँदा आवश्यकताअनुसार स्थिर राजनीतिक वातावरण बनाउने प्रतिवद्धता गरेका हुन् ।

नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडले संयुक्त रुपमा आयोजनामा गरेको सो सम्मेलनमा प्रम दाहालले यस्ता सम्मेलनले लगानीको स्तरवृद्धि गर्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“हाम्रा छिमेकीहरूले हासिल गरेको अभूतपूर्व आर्थिक प्रगतिले निर्यात व्यापारको विस्तार र आन्तरिक लगानीको स्तरवृद्धि गरी नेपालको विकास र समृद्धिको अवसरका फराकिलो मार्गहरू खोल्नेछ भन्ने हाम्रो विश्वास छ” उनले भने, “हामी हाम्रा छिमेकीहरूको विशाल बजारहरूमा हाम्रा उत्पादनहरूको सजिलो र वृहद बजार पहुँचको आशा गर्छौं । विदेशी लगानीका लागि स्थिर राजनीतिक वातावरण चाहिन्छ भन्नेमा हामी सचेत छौं, नीतिमा निरन्तरता र स्थिरताको वातावरण बनाउने प्रयत्न हुनेछ ।’

उनले फोरमले नेपाल चीनको विद्यमान व्यापारिक सम्बन्धलाई सुदृढ गर्न, आर्थिक तथा व्यापारिक साझेदारीका नयाँ क्षेत्रहरू खोज्न उत्कृष्ट अवसर प्रदान गरेको बताए ।
साथै उनले नेपालले लगानी प्रणालीमा ठूला सुधारहरू गरेको भन्दै प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन र संरक्षण गरेको बताए । जलविद्युत, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्रमा लगानी गर्न समेत उनले आग्रह गरे । जसका लागि सहजिकरण गर्न सरकार तयार रहेको उनले बताए ।

‘नेपालको कानूनले लगानीबाट कमाएको आम्दानी लैजान कुनै समस्या छैन, स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव हुँदैन,’ कार्यक्रममा उनले भने ‘नेपालको चीनसँगको बढ्दो व्यापार घाटा र चीनबाट आएको एफडीआईको प्रतिबद्धता र वास्तविक लगानीमा देखिएको कमीका केही समस्या यस्ता फोरमले व्यावहारिक समाधानका साथ सम्बोधन गर्ने प्रयास हुन्छ ।’

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई देशको हितमा पारस्परिक सम्बन्धलाई मजबुत बनाउन तथा नयाँ व्यापारिक सम्पर्क स्थापित गर्ने उद्देश्यले फोरमको आयोजना गरिएको बताए । नेपालको लागि चीन विकासको महत्वपूर्ण साझेदार रहेको भन्दै अध्यक्ष अग्रवालले उत्पादनमुलक उद्योग, सूचना प्रविधि, सिमेन्ट, पर्यटन, जलविद्युतलगायतका क्षेत्र लगानीका लागि अत्यन्त उपयुक्त रहेको बताए ।

पूर्वाधार एवं निर्माणका क्षेत्रमा र उद्योगहरुमा भएको चिनियाँ लगानी सफल रहेको र थप चिनियाँ लगानी खोजिरहेको उनले बताए । नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरमले नेपालमा चिनियाँ लगानी बढ्ने विश्वास उनले व्यक्त गरे ।

यसैगरी, नेपालका लागि चिनियाँ राजदुत छन् सोङले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न र व्यापार गर्न प्रोत्साहित गरिरहेको बताऐ । स्वच्छ ऊर्जा, जलविद्युत, विद्युतीय अटोमोबाइल लगायतका नयाँ विकासमा लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ । नेपालले चीनमा निर्यात विस्तार गरेको भन्दै उनले २ देशबीचको सीमाहरुमा दुईतर्फी व्यापार र यात्रु आवागमन पुनः सुचारु गर्न सक्दो प्रयास गरिरहेको बताए ।

चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष चाङ साओ गाङले चीन नेपालको विदेशी पुँजीको सबैभन्दा ठूलो स्रोत र पर्यटकको दोस्रो ठूलो बजार रहेको बताए । उनले चिनियाँ आधुनिकीकरण र चीनको उच्च गुणस्तरीय विकासले नेपालसहित अन्य मुलुकको विकासमा नयाँ अवसरहरू ल्याउने बताए ।

नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरमले द्विपक्षीय आर्थिक तथा व्यापारिक सहयोगको जगलाई थप सुदृढ गर्ने र चिनियाँ तथा नेपाली व्यापारिक समुदायलाई नयाँ यात्रातर्फ अघि बढाउने लक्ष्य राखेको उनले जानकारी दिए । नेपालमा विद्युत, सञ्चार र सडक निर्माण जस्ता महत्वपूर्ण पूर्वाधार विकास र लगानीको ठूलो माग रहेको भन्दै चीनसँग राम्रो औद्योगिक प्रणाली र पुँजी, प्रविधि र अनुभवबाट नेपालले फाइदा लिन सक्ने उनले बताए ।

कोडिभ १९ पछि पहिलो पटक भएको नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरम २०२३ मा चिनियाँ ६० भन्दा बढी लगानीकर्ता, परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, हेमराज ढकाल, परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्यहरु, स्वदेशी उद्योगी व्यवसायी सहित १५० भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्