Shikhar Insurance

ओलीले निर्वाचनका नाममा राज्यकोषको ८ करोड फचुल खर्च गराए

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १५, शनिबार १८:०७
NIMB
Nabil Bank

काठमाडौं । रोकिएको निर्वाचनका नाममाआठ करोडभन्दा बढी खर्च भएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधी सभा विघटन गरि मध्यावधि निर्वाचन घोषण गरेका थिए ।

निर्वाचन घोषणा गरे लगत्तै निर्वाचन आयोगले तयारी थालेको थियो । आयोगले निर्वाचन प्रयोजनका लागि सरकारसँग सात अर्ब सात करोड ९० लाख ८० हजार बजेट मागेको थियो र अर्थमन्त्रालयले श्रोत सुनिश्चिता समेत गरि केहि रकम निकासा पनि गरिदिएको ।

Citizen Life
Kumar Bank

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्राप्त रकममध्ये ७७ जिल्ला निर्वाचन कार्यालयलाई उपकारण, सवारीसाधन मर्मत, इन्धन, बिजुलीलगायतका शीर्षकमा चार करोड १७ लाख ९० लाख पठाएको थियो ।

आयोग केन्द्रीय कार्यालयमा पनि उपकरण मर्मत, सवारीसाधन मर्मतलगायत प्रशासनिक र सचिवालयका काममा यकीन नभए पनि जिल्लामा पठाएकै बराबर खर्च भएका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्