Shikhar Insurance

बिहीबार नेप्से परिसूचक ५.३२ अंकले घट्यो, सर्वाधिक कुन–कुन कम्पनीले कमाए?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २, बिहीबार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्स चेञ्ज (नेप्से) मा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ अंक विन्दुमा बन्द भएको हो ।

आज ३४ लाख २ हजारको कित्ता सेयर १ अर्ब १४ करोड १४ लाखमा खरिद बिक्री भएको छ । यसदिन कारोबारमा आएका कम्पनीमध्ये ९२ वटाको सेयर मूल्य बढ्दा ११९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ९४ लाख रुपैयाँ माथिको कारोबार भएको छ । साथै, नबिल बैंकको ३ करोड ९६ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ८३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३० लाख, सिद्धार्थ बैंक प्रमोटर सेयरको २ करोड ५६ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्