Shikhar Insurance

केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना छैन्ः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १५, शनिबार २०:३१
NIMB
Nabil Bank

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना नभएको स्पष्ट पारेका छन् । नेकपा निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष नेपालले मुलुकलाई प्रतिगमनको बाटोमा लैजाने ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष नेपालले ओली प्रवृत्तिको बिरुद्ध रहेका संसदवादी शक्तिहरुसँग मिलेर अघि बढ्ने पनि बताए । अध्यक्ष नेपालले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन, कुनै भ्रममा नपर्नुस् । ओली प्रवृत्ति बिरोधी संसदवादी शक्तिहरुसँग मिलेर अघि बढिन्छ ।’

अध्यक्ष नेपालले ओलीलाई सुधार्ने बामदेव गौतमको प्रयास पनि निरर्थक भएको बताए । पालुवा पेलेर तेल निकाल्नु र ओलीलाई सुधार्नु उस्तै भएको बताउँदै गौतमलार्ई भ्रममा नपर्न आग्रह पनि गरे । उनले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर अग्रगामी शक्तिहरुको नयाँ सरकार गठन नहुँदासम्म प्रतिगमन बिरोधी लडाई सफल भएको मान्न नसकिने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्