Shikhar Insurance

प्रहरीको छापा बिरुद्ध ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीहरुको आपत्ति

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १५, शनिबार २१:०४
NIMB
Nabil Bank

काठमाडौं । केहिदिन देखी ताम्राकार कम्प्लेक्समा प्रहरीले गरिरहेको छापाको बिरुद्धमा मोबाइल व्यवसायीहरुले आपत्ति जनाएका छन् । प्रहरीले बिल बिजकबेगर चोरी पैठारी गरीएका, चोरीका लगायतका मोबाइल फोनको कारोवार हुनेगरेको सुराकिको आधारमा ताम्राकार कम्प्लेक्समा निगरानी बडाउने, छापामार्ने तथा बिलबिजक बेगरका मोबाइल भेटेमा मानिस तथा मोबाइल नियन्त्रणमा लिने गरेकाले व्यवसायीहरु आतंकित भएको भन्दै प्रहरीको उक्त कदमको बिरोधमा उत्रिएका छन् ।
व्यवसायीहरुले एक प्रेस विज्ञप्ती जारीगर्दै बिरोध जनाएका हुन

व्यवसायीहरुले जारीगरेको प्रेस विज्ञप्ती

Citizen Life
Kumar Bank
Nepal Life

मिति २०७७ फागुन १४ गते शुक्रबार ।
पछिल्लो केहि दिनहरुमा यस ताम्राकार कम्प्लेक्समा आबद्ध र मोबाइल व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुलाई बदनाम गर्ने गरेर विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रशारण भईरहेका समाचार सामाग्रीहरुप्रति हाम्रो गंभिर आपत्ति रहेको छ । ताम्राकार कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुलाई लान्छना लगाउने र उनीहरुले अबैध कारोबार गरिरहेको आरोप लगाउँदै समाचार सामाग्रीहरु आएकोमा हाम्रो गंभिर ध्यानाकर्षण भएको छ ।
सो बारेमा आज यहाँ पत्रकारहरु समक्ष यथार्थ बिबरण र जानकारीहरु सार्वजनिक गर्ने हेतुले हामी उपस्थित भएका छौं ।
केहि दिनअघि प्रहरीको नेतृत्वमा ताम्राकार कम्प्लेक्समा संचालनमा रहेका मोबाइल व्यवसायीहरुको पसलमा जबर्दस्ती प्रवेश गरि सामाग्रीहरु उठाएर लगिएको र पसलमा कार्यरत कर्मचारीहरुलाई समेत पक्राउ गरि थुन्ने कार्य गरिएको छ ।
महानगरिय जनसेवा प्रहरी कार्यालय विशालबजारबाट सादा पोसाकमा प्रहरीहरु आएर हचुवाको भरमा मोबाइल व्यवसायीहरुको पसलबाट सामानहरु उठाएर लगेको र कर्मचारीहरुलाई थुनेको घटनालाई केहि संचारमाध्यमहरुले अतिरंजित गरि व्यवसायीहरुलाई नै आक्षेप लगाउने कार्य गरेको देखिएको छ ।
मोबाइल व्यवसायीहरुलाई आक्षेप लगाउने र अवैध कार्य गरेको भन्ने विषयप्रति हाम्रो गंभिर आपत्ति रहेको छ । हामीले कानूनीरुपमा दर्ता गरेर तथा सरकारी राजश्व बुझाउँदै आफ्नो व्यापार व्यवसाय गरिरहेको र हाम्रा पसलहरुमा बिक्री गरिने मोबाइल सेटहरु समेत बिल बिजकसहित बेच बिखन गर्ने गरेको जानकारी गराउँदछौं । तर गैर कानूनी र अवैधरुपमा प्रहरीले छापा हान्ने कार्य गरेर बिल नभएका मोबाइल सेटहरु जफत गरिएको भनेर सार्वजनिक गर्नु प्रहरीको अराजकता र कानूनी शासन विपरित भएको स्पष्ट पार्न चाहन्छौं ।
प्रहरीले गैरकानूनीरुपमा पसलबाट ग्राहकहरुले मर्मतका लागि पसलमा ल्याएर छोडेका मोबाइल फोन सेटहरु समेत हचुवाको भरमा उठाएर लगेको हुँदा ग्राहकहरुलाई त्यस्ता फोनहरु फिर्ता गराउन समेत कठिन भएको छ । मर्मतका लागि छोडेका ग्राहकहरुको फोन लिन आउने समयमा उनीहरुलाई सो फोन दिन सक्ने अवस्था नभएको र त्यसले ग्राहकहरुको मोबाइल फोनमा रहेका विभिन्न डाटाहरु तथा व्यक्तिगत जानकारी समेत चोरी हुनसक्ने देखिएको छ । त्यसको जिम्मेवारी समेत प्रहरी प्रशासनले लिनुपर्नेछ ।
सार्वजनिकरुपमा व्यवसाय पारदर्शि र मर्यादितरुपमा गरिरहेको समयमा प्रहरीले कुन कानून अन्तरगत हाम्रा सामानहरु जफत गरेको र उठाएर लगेको भन्ने कुनै जानकारी नदिएको र कानूनी प्रावधानअनुसार बाणिज्य विभाग वा राजश्व अनुसन्धान विभागले मात्र त्यसरी अनुगमन गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ । तर हालका जनसेवा प्रहरीका डिएसपीको आदेशमा गैर कानूनीरुपमा ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीहरुलाई तर्साउने कार्य भएकोमा हामी गंभिर विरोध गर्दछौं ।
कोरोना भाइरसको महामारीको समयमा भएको लकडाउनले व्यवसाय नै शिथिल भएको अवस्थामा प्रहरीको यस्तो अराजक, गैर कानूनी र अमर्यादित कार्यले हामी व्यवसायीहरुलाई व्यवसाय समेत गर्न नदिई तर्साउने र जबर्दस्ती थुन्ने कार्य कदापी उचित नभएको र यस्तो कार्य आगामी दिनमा बन्द गरिनुपर्ने र मर्यादितरुपमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गर्दछौं ।
यसका साथै जनसेवा प्रहरीले हाम्रा पसलहरुबाट अवैधरुपमा जबर्दस्ती लगेका मोबाइल सेटहरु फिर्ता गरि क्षतिपूर्तिसमेत प्रदान गर्न कडारुपमा माग गर्दछौं । अन्यथा हामी सम्पूर्ण व्यवसाय बन्द गरेर कडा आन्दोलनमा जान बाध्य हुनेछौं ।
त्यसैगरि हचुवाको भरमा व्यवसायीहरुलाई आपत्तिजनक लान्छना लगाउने कार्य नगरिदिनहुन र एकतर्फिरुपमा मात्र समाचार सम्प्रेषण नगरिदिनहुन सञ्चारमाध्यमहरुलाई समेत हार्दिक अनुरोध गर्दछौं । कोभिड महामारीका बिच संकटपूर्णरुपमा व्यवसाय गरिरहनुपरेको अवस्थामा व्यवसाय र व्यवसायीहरुलाई सहज बनाउने वातावरण सिर्जना गरिदिन सम्बन्धित सरोकारबाला निकायहरुलाई समेत ध्यानाकर्षण गराउन चाहाछौं ।
धन्यवाद ।

थप जानकारीका लागि
मोबाइल व्यवसायी संघ, ताम्राकार कम्प्लेक्स
जगत साउद, अध्यक्ष,
सम्पर्क सम्पर्क ९८५१००००५६

GBIME

प्रतिक्रिया दिनुहोस्