Shikhar Insurance

प्रभु बैंकले सीजी मोटर्सको इलेक्ट्रिक गाडी किन्दा सर्वसुलभ कर्जा दिने

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार १७:३१
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंकल सी.जी मोटर्सको विद्युतीय सवारी साधान खरिद गर्ने ग्राहकलाई सर्वसुलभ तरिकाले कर्जा दिने भएको छ । जसमा लागि प्रभु बैंकलेसी.जी मोटर्ससँग सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता गरेको हो ।

सो सम्झौता पत्रमा प्रभु बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सी.जी मोटर्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवाल हस्ताक्षर गरेका छन् । सम्झौता पछि सीजी मोटर्सले आयात गरेको नेटा भी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्