Shikhar Insurance

कोरोना पोजिटिभ रिपोर्ट बोकेर यात्रु दिल्ली पुगेपछि बायुसेवा निगमलाई आपत

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १५, शनिबार २२:०१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बायुसेवा निगमको जहाजबाट एक जना महिला कोरोना संक्रमित रिपोर्ट नै बोकेर दिल्ली पुगेकी छिन् । निगमको ए ३२० जहाजबाट शुक्रबार बिहान ११ः३० बजेको २०५१ नम्बर फ्लाइटबाट दिल्ली उडेको जहाजमा १४१ जना यात्रु थिए । सोही जहाजमा उडान भरेकी एक जना महिला यात्रु कोरोना संक्रमणको रिपोर्ट बोकेरै दिल्ली पुगेकी हुन् ।

विमानस्थलमा रहेका निगमका कर्मचारीहरुको लापरवाहीका कारण उडान भरेर महिला दिल्ली पुगेको र त्यहाँको प्रशासनले समातेको हो । संक्रमित महिलालाई हाल दिल्लीस्थित एक अस्पतालमा भर्ना गरिएको छ भने अन्य १० जनालाई कन्ट्रयाक ट्रेसिङका लागि होटलमा राखिएको छ । ‘कोरोना संक्रमण रिपोर्ट बोकेकी यात्रु दिल्ली पुगेपछि उता आपत आईलगेको छ, यस्तो हर्कतले निगमको छवि धमिल्याउँछ, त्यस्तै परे उडान रोकिदिने देखि जरिवानासम्म हुन सक्छ’, निगमका एक कर्मचारीले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

त्रिभुवन बिमानस्थलमा रहेका निगमका कर्मचारीहरुको लापरवाहीले कोरोना संक्रमित यात्रुले उडान भरेपछि दिल्लीमा निगमलाई आपत आईलागेको छ । निगम व्यवस्थापनले त्रिभुवन विमानस्थलमा कार्यरत सम्बन्धित फाँटका कर्मचारीलाई कारवाही गर्ने तयारी अघि बढाएको निगम श्रोतले बतायो ।

GBIME

प्रतिक्रिया दिनुहोस्