Shikhar Insurance

शिखरका लगानीकर्तालाई बम्परः २९.२३१ % लाभांश लाभांशपछि ३० % हकप्रद

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १६, आईतवार ११:२३
NIMB
Nabil Bank

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकर्ताले २९.२३१ प्रतिशत लाभांशपछि ३० प्रतिशत हकप्रद सेयर पाउने भएका छन् । शिखरले चैत ९ गते १५ औं र १६ औं साधारण सभाबाट लगानीकर्तालाई २७.७६ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिँदैछ ।

कम्पनीले सोही साधारण सभाबाट ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गर्दैछ । लाभांशपछि कायम हुने चुक्ता पूँजी एक अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँको ३० प्रतिशतले हकप्रद सेयर जारी गर्नेछ । त्यस्तो हकप्रदबाट कम्पनीको चुक्ता पुँजी ५२ करोड ६८ लाख रुपैयाँ थपिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

हकप्रद शेयर निष्कासनपछि शिखरको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले सोही साधारण सभाबाटै अधिकृत पुँजी ४ अर्ब पुर्याउने निर्णय पनि गर्दैछ । कम्पनीले यसअघि पनि बीमा समितिले तोकेको एक अर्ब चुक्ता पुँजी पुरा गर्न ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।

साथै इन्स्योरेन्सले संस्थापकको हिस्सा घटाएर साधरण शेयरधनीको हिस्सा बढाउने प्रस्ताव पनि अघि बढाउन लागेको छ । कम्पनीले संस्थापक तथा साधारणको सेयर अनुपात ६०ः४० बाट ५१ः४९ बनाउने प्रस्ताव समेत अघि बढाएको हो । सेयर अनुपात परिवर्तनसँगै शिखरको करिब १६ लाख कित्ता संस्थापक शेयर साधारण सेयरमा रुपान्तरण हुनेछ । फागुन २५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताहरुले लाभांश पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्