Shikhar Insurance

४१ करोड बढी राजश्व छल्ने व्यवसायी विरुद्ध कर छली मुद्धा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १६, आईतवार १८:२७
NIMB
Nabil Bank

काठमाडौं । ४१ भन्दा बढी राजश्व छल्ने व्यवसायीहरु विरुद्ध कर छलिको मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले बीरगञ्ज उप(महानगरपालिका वडा नं १० स्थित रजनीश ट्रेडिङ कन्सर्न र डल्फीन ट्रेडर्स प्रालिका संचालक रजनीश कुमार गुप्ता विरुद्ध पच्चीस करोड असी लाख पैसठ्ठी हजार चार सय तेईस रुपैँया विगो दावीसहित उच्च अदालत पाटनमा मुद्धचा दायर गरेको छ ।

त्यस्तै, विराटनगर महानगरपालिका वडा न. ९ स्थित बाबा फ्लोर मिल्स प्रालि र गोपाल फ्लोर मिल प्रालिका सञ्चालक सुरेश कुमार राठीसहित तीन जना विरुद्ध पन्ध्र करोड ३६ लााख ६३ हजार रुपैयाँ विगो दावीसहित उच्च अदालत पाटनमा मुद्धा दायर गरिएको छ ।
उनीहरुले भ्याट र आयकर लगायतका राजश्व छलेको प्रमाण फेला परेपछि विभागले मुद्धा दायर गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्