Shikhar Insurance

एमसीसी पास हुँदैन, राष्ट्रपतिलाई हटाउँदैनौंः भीम रावल

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १६, आईतवार १८:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले संसदबाट एमसीसी पास नहुने स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले आफुहरु एमसीसीको पक्षमा नरहेको र संसदबाट त्यसलाई पास हुन नदिने पनि स्पष्ट पारे । ‘एमसीसी पारित गर्ने भन्ने कुरा गलत हल्ला हो, पार्टीले अघि सारेका विषय स्पष्ट नभई एमसीसी अघि बढ्दैन’, रावलले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले अहिले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदम सच्चिएको र पार्टीले उनलाई कारवाही समेत गरिसकेको जानकारी दिए ।
उनले राष्ट्रपति विद्या भण्डारीलाई हटाउने आफुहरुको कुनै योजना नरहेको पनि स्पष्ट पारे । ‘हामीले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध आन्दोलन गरेका हौं, उनलाई कारवाही समेत गरिसकेका छौं, राष्ट्रपतिलाई हटाउने वा कारवाही गर्ने सोँच छैन’, नेता रावलले भने ।

रावलले अब को प्रधानमन्त्री हुन्छ ? भन्ने कुरा आफूहरुको लागि ठूलो कुरा नभएको पनि सुनाए । उनले भने,‘प्रधानमन्त्री को हुन्छ ? भन्ने हाम्रो विषय होईन् । सर्वोच्च अदालतले यत्रो फैसला गरेको छ, हाम्रो पार्टी नेपाली कांग्रेस जसपा दल, नागरिक समाजसँग सहकार्य गर्न चाहन्छ । हामीलाई मन्त्री हुने, प्रधानमनत्री हुने हतारो छैन् । कानून हाम्रो पक्षमा छ । हामीले हतारो नगरेको हो । राष्ट्रिय हितलाई माथि राख्नुपर्यो । अहिले हामी छलफलमा भएकोले हतारो नगरेको हो ।’

उनले माधव नेपाल र प्रचण्डलाई प्रधानमन्त्री बन्न हतार नभएको पनि स्पष्ट पारे । देशलाई सहि दिशामा अघि बढाउन तयार अग्रगामी शक्तिहरु मिलेर नयाँ सरकार बनाउने र त्यसको नेतृत्व जो कोहीले गर्न सक्ने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्