Shikhar Insurance

रिडी पावरमा इन्साइडर ट्रेडिङ गरेका गुरु न्यौपाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा

सिंहदरबार संवाददाता
२०७९ चैत्र ९, बिहीबार १७:१२
NIMB
Nabil Bank

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपान विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ । नेपाल धितोपत्र बोर्डले रिडी पावरको सेयर किनबेचमा इन्साइडर ट्रेडिङ गरेको भन्दै  काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले इतिहासमै पहिलो पटक इन्साडर ट्रेडिङमा संलग्न विरुद्ध अदालतमा मुद्धा दायर गरिएको बताए । न्यौपाने विरुद्ध ३ करोड २३ लाख विगो दावी गरिएको छ । बोर्डले चैत ८ गते बुधबारका दिन काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

Citizen Life
Kumar Bank

‘रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेले उक्त कम्पनीको सेयर निज सो पदमा बहाल रहदाकै बखत मिति २०७७।१२।१९ देखि मिति २०७८।०४।२४ सम्म खरिद बिक्री गरेको विषयमा तहकिकात गर्दा निजले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोवार गरेको देखिएकोले उक्त कसुरमा निज उपर धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (१) बमोजिमको सजायको माग दाबी लिई मिति २०७९।१२।०८ मा श्री काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंमा मुद्दा दायर गरिएको छ ।’, बोर्डका प्रवक्ता श्रेष्ठले सिंहदरबारसँग भने ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्