Shikhar Insurance

बीमा कम्पनीहरुको ‘क्रस होल्डिङ’ हटाइँदै, लगानी झिक्न समय सिमा नै तोकिने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १६, आईतवार २२:१२
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुमा रहेको क्रस होल्डिङ हटाउने तयारी थालेको छ । नव नियुक्त समिति अध्यक्ष सुर्य प्रसाद सिलवालले क्रस होल्डिङबारे धेरै निकायबाट गुनासो आएको र आफ्नो पनि उच्च प्राथमिकतामा रहेको बताए । एउटै व्यक्ति तथा संस्थाहरुले एक भन्दा बढी कम्पनीमा लगानी गर्नुलाई क्रस होल्डिङ भनिन्छ ।

‘एउटै व्यक्तिले एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्न पाइँदैन् । मेरो नजर पनि त्यसमै अलि बढी केन्द्रित भएको छ । वाचडग निकायहरुले पनि पत्राचार गरेर अलि बढी प्रेसर दिएको विषय पनि यहि नै हो । म विश्वस्त भएपछि उहाँहरुलाई बोलाएर केहि समय दिन्छौं । आफ्नो लगानी झिक्नुस भन्छु । नगरे कानुन बमोजिम हुन्छ ।’, बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले एउटै व्यक्ति र संस्थाले दश पन्ध्र वटासम्म कम्पनीमा लगानी गरेको पनि बताए । ‘एउटै व्यक्तिले दश पन्ध्र वटासम्म बीमा कम्पनीमा लगानी गर्न पाइन्छ र ? यो त कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो । एउटै व्यक्ति तथा घरानाले बैंक पनि चलाउने, इन्स्योरेन्स पनि चलाउने ? यताको पैसा उता लैजाने ? यो त इकोनोमीमा म्यानुपुलेशन भयो ।’, अध्यक्ष सिलवालले भने । उनले सके आफ्नै बलबुँताले क्रस होल्डिङ रोक्ने नसके माथिसम्मै पुगेर लबिङ गर्ने पनि स्पष्ट पारे ।

‘यो रोकिन्छ, हामीले आफ्नो काम गर्छाै र माथिल्ला निकायहरुसम्म पनि पुगेर यो विषयलाई सल्टाउँछौं । माउ कम्पनीमा लगानी बढाउनु पर्यो, अन्य कम्पनीको लगानी झिक्नु परो भन्छौं । अरुलाई पनि अवसर दिनु पर्छ भन्छौं ।’, सिलवालले भने ।

यसअघि पनि बीमा समितिले बीमा कम्पनीहरुमा क्रस होल्डिङबारे अध्ययन गरेको थियो । सोही अध्ययनलाई हेर्ने र आवश्यक परे थप अध्ययन गरेरै भए पनि एउटै व्यक्ति तथा संस्थालाई एक भन्दा बढीमा बीमा कम्पनीमा लगानी गर्न नदिने उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्