Shikhar Insurance

सिनो हाइड्रो र मजदूरबीच सहमतिपछि शुरुभयो काम

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १७, सोमबार १३:१४
NIMB
Nabil Bank

तनहुँ । ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको प्याकेज-२ अन्तर्गतको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन र मजदुरबीच भएको विवाद समाधान भएको छ ।

सिनो हाइड्रो र नेपाली मजदुरबीच शुक्रबारदेखि विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि काम अवरुद्ध भएको थियो । शुक्रबार राति विद्युत्गृहमा चालक पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिट्टिँदा चिनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चिनियाँ व्यक्तिले ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट स्काभेटरको सिसा फुटेपछि सिनो हाइड्रो र मजदुरबीच विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार सिनो र मजदुरबीच भएको छलफलपछि विवाद समाधान भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार स्काभेटरमा ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई कारवाही गर्ने, मजदुरको मागबमोजिम जिल्ला दररेट समितिले निर्धारण गरेको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको छ । “मजदुरहरुले राखेका अन्य माग पनि क्रमिकरूपमा पूरा गर्दै जाने सिनो र मजदुरबीच सहमति भएको छ,”  “उक्त सहमतिसँगै सोमबारदेखि मजदुर काममा फर्कन सहमत भएका छन् ” घिमिरेले बताए  । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्