Shikhar Insurance

कर्जा लगानीमा आक्रामक बन्दै बाणिज्य बैंकहरु, १० अर्ब निक्षेप उठाएर २७ अर्ब ऋण

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १७, सोमबार १५:४६
NIMB
Nabil Bank

काठमाडौं । कोरोना कहर कम हुँदै गएपछि बाणिज्य बैंकहरुले आक्रामक ढंगले कर्जा लगानी विस्तार गर्न थालेका छन् । एक हप्ताकै अवधीमा बाणिज्य बैंकहरुले २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकी सो अवधीमा निक्षेप भने जम्मा १० अर्ब रुपैयाँ मात्रै बढेको देखिन्छ ।

२७ वटा बाणिज्य बैंकहरुको फागुन ७ देखि १४ गतेको अवधीमा १० अर्ब निक्षेप बढाएका छन् । तर कर्जा भने २७ अर्ब रुपैयाँले वृद्धि भएको छ । फागुन ७ गते बाणिज्य बैंकहरुको कुल निक्षेप ३७ खर्ब ९९ अर्ब रुपैयाँ थियो । त्यस्तो निक्षेप फागुन १४ गते आईपुग्दा ३८ खर्ब ९ अर्ब पुग्यो ।

Citizen Life
Kumar Bank

तर फागुन ७ गते ३३ खबै ३५ अर्ब रुपैयाँ रहेको कर्जा लगानी भने १४ गते पुग्दा ३३ खर्ब ६२ अर्ब रुपैयाँ कायम भएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्