Shikhar Insurance

मेक इन नेपाल अभियानः सरकारी सहयोग खोज्दै परिसंघ

४.३ अर्ब डलरको निर्यात लक्ष्य, बर्सेनी एक हजार नयाँ उद्योग र डेढ लाख औद्योगीक रोजगारी
सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १७, सोमबार १८:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघले मेक इन नेपाल–स्वदेशी अभियान कार्यान्वयनका लागि सरकारसँग हात फैलाएको छ । परिसंघका अध्यक्ष सतिश मोरसहितको टोलीले अर्थमन्त्री बिष्णु पौडेल र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलार्य भेटेर सहकार्यका लागि हात फैलाएको हो ।

भेटमा अर्थमन्त्री र उद्योग मन्त्री दुबैले मेक इन नेपाल– स्वदेशी अभियान आत्मनिर्भर अर्थतन्त्र निर्माणको प्रस्थान विन्दु हुने बताएका थिए ।
परिसंघले फागुन ७ गतेदेखि मेक इन नेपाल–स्वदेशी अभियान चलाईरहेको छ । अभियानले सन २०२५ सम्ममा मुलुकको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान २२ प्रतिशत र सन २०३० सम्ममा २६ प्रतिशत पुर्याउने लक्ष्य तय गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

परिसंघले हरेक वर्ष एक हजार नयाँ उद्योग थप्ने र एक लाख लाख ५० हजारलाई औद्योगीक रोजगारी दिने लक्ष्य तय गरेको अध्यक्ष सतिश मोरले बताए । परिसंघले पाँच वर्षपछि नेपालको बार्षिक निर्यात ४.३ अर्ब अमेरिकी डलर पुर्याउने गरि योजना बनाएको र त्यसको सफल कार्यान्वयनका लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताएका थिए ।

परिसंघको नेतृत्वसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्र, प्रशासनिक क्षेत्र र राजनीतिक क्षेत्रले मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सरकारले आवश्यक परेको सबै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

उद्योग मन्त्री लेखराज भट्टले पनि प्रदेशहरुमा ठूला औद्योगीक क्षेत्र निर्माण गर्न लागिएकाले लगानीको वातावरण थप राम्रो हुँदै जाने बताएका थिए । उनले सम्भावनायुक्त आन्तरिक उत्पादनहरुका लागि पकेट क्षेत्र बनाउँदै अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्